आइतबार, जेठ १७, २०८३

सिदिङ्वा गाउँपालिकाले बनायो पर्यटकका लागि गेस्ट हाउस

दसैं नजिकिँदै गर्दा पर्यटकीय गन्तव्यहरुको खुला हुने क्रम पनि बढ्दै गएको छ। यसै मेसोमा ताप्लेजुङको पूर्वी सिदिङ्वा गाउँपालिकास्थित तिम्बुङ पोखरी क्षेत्रमा पर्यटक लक्षित घर– टुरिस्ट हाउस निर्माण सम्पन्न भएको छ।
 |  शुक्रबार, असोज ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ८, २०७८

ताप्लेजुङ– दसैं नजिकिँदै गर्दा पर्यटकीय गन्तव्यहरुको खुला हुने क्रम पनि बढ्दै गएको छ। यसै मेसोमा ताप्लेजुङको पूर्वी सिदिङ्वा गाउँपालिकास्थित तिम्बुङ पोखरी क्षेत्रमा पर्यटक लक्षित घर– टुरिस्ट हाउस निर्माण सम्पन्न भएको छ।

National life

सुन्दर तथा आकर्षक पर्यटकीय गन्तव्य तिम्बुङ पोखरी क्षत्रको भ्रमणमा जाने पर्यटकको आवास सुविधाका लागि सिदिङ्वा गाउँपालिकाले ५५ लाख रुपैयाँ लागतको पर्यटक आवास घर निर्माण गरेको हो।

तिम्बुङ पोखरी क्षत्रको भ्रमणमा जाने पर्यटकको सुविधाका लागि सिदिङ्वा गाउँपालिकाले पर्यटक आवास निर्माण गरेको हो। पाँचथर र भारतको सिक्किमसँग सिमाना जोडिएको सिदिङ्वा गाउँपालिका–१ मा रहेको तिम्बुङ पोखरी नेपालको एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत क्षेत्र हो।

गाउँपालिकाले पर्यटन मन्त्रालयबाट विनियोजित ५० लाख रुपैयाँ र गाउँपालिकाको पाँच लाख थपेर कुल ५५ लाख रुपैयाँ खर्च गरेर आवास घर बनाएको हो।
तिम्बु पोखरीलाई विष्णु पोखरीको नामले पनि चिनिन्छ। धार्मिक महत्त्वको यस पोखरीको दर्शनपछि आस्थावान्हरु भारतको सिक्किममा रहेको लक्ष्मी पोखरीको दर्शनका लागि जाने गरेका छन्।

गाउँपालिकाले पर्यटन मन्त्रालयबाट विनियोजित ५० लाख रुपैयाँ र गाउँपालिकाको पाँच लाख थपेर कुल ५५ लाख रुपैयाँ खर्च गरेर आवास घर बनाएको हो।

तीन हजार ८ सय मिटर उचाइ रहेको तिम्बुङ पोखरी क्षत्रको नुनथला ठूलो भञ्ज्याङमा उक्त संरचना निर्माण गरिएको हो। झण्डै ४५ जना अटाउने आवास घरमा भान्साघर र शौचालय पनि निर्माण गरिएको छ। उक्त पर्यटक आवास घर निर्माण सम्पन्न भएसँगै गाउँपालिकाले भाडामा दिए र सञ्चालनको तयारी गरेको छ।

Shivam cement

ठेक्का (बोलपत्र) प्रक्रियामार्पmत आवास घर वार्षिक ६२ हजार रुपियाँमा भाडामा लगाएको र अब दशैंतिहारअघि नै सञ्चालनमा आउने पनि गाउँपालिकाले जनाएको छ। पर्यटक घर सञ्चालनमा आएपछि तिम्बुङ पोखरी क्षत्रको भ्रमणमा जाने पर्यटकले खाने बस्ने सुविधा पाउनेछन्। हालसम्म तिम्बुङ पोखरीको भ्रमण गर्ने पर्यटकले आवासका रुपमा सो क्षत्रमा रहेको चांैरी गोठमा बास बस्ने गरेका थिए।

कालीखोला र सादेवाको माथिल्लो बस्तीदेखि तिम्बुङ पोखरी पुगेर फर्कन तीन दिन लाग्छ। यसअघि सो क्षेत्रमा रहेका चौंरी गोठमा बास बस्नुपर्ने बाध्यता थियो। आवास घर बनेपछि भने पर्यटकलाई सुविधा हुनेछ।


प्रकाशित: Sep 24, 2021| 11:24 शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।