शनिबार, जेठ १६, २०८३

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

 |  शनिबार, जेठ १६, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १६, २०८३

काठमाडौं। पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा भारी वर्षा भइरहेको छ। देशभर नै बदली भएकाले तापक्रम आज उल्लेख्य रूपमा घटेको छ।

National life

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा पर्सा जिल्लाको ठोरीमा १९१.२ मिलिमिटर वर्षा भएको छ। यो धेरै भारी वर्षा नजिक हो। 

अन्य केही जिल्लामा मकवानपुरको भोर्लेनी, गढी र रजैयामा पनि भारी वर्षा (५० मिमिभन्दा माथि) भएको छ। यस्तै बाँकेमा पनि ४८ मिलिमिटर (भारी नजिक) पानी परेको छ। 

पछिल्लो एक घण्टामा कञ्चनपुर, डोटी, नवलपरासी सुस्तापश्चिम र रूपन्देहीमा पनि वर्षा भएको छ। मौसमविद् सरोज पुडासैनीले तराईमा मङ्गलबारसम्मै बदली रहने हुनाले गर्मी घट्ने जानकारी दिए। उनका अनुसार केही ठाउँमा भारीसम्मै वर्षा हुने पनि जानकारी दिएका छन्। 

यो समय प्रि–मनसुन भएकाले हावाहुरी चट्याङ पनि हुने भएकाले सावधानी अपनाउन उनले अनुरोध गरेका छन्। विभागमा प्राप्त अभिलेखअनुसार आज नेपालमा तापक्रम ३६ डिग्रीभन्दा तलै रहेको छ। विभागका अनुसार आज सबैभन्दा बढी धनगढीमा ३५.८ डिग्री तापक्रम रेकर्ड भएको छ। 

Shivam cement

चन्द्रगढी विमानस्थलमा ३४.४, जनकपुरमा ३३, धरानमा ३३.७, विराटनगरमा ३३.२, भैरहवामा ३४ र नेपालगञ्जमा ३३.९ डिग्री तापक्रम पुगेको छ। काठमाडौंमा अधिकतम तापक्रम २५.३ डिग्री रहेको छ। यसअघि यो वर्ष काठमाडौंमा ३० डिग्री पुगेको थियो भने नेपालगञ्जलगायत केही जिल्लामा ४१ डिग्रीमाथि तापक्रम पुगेको थियो।

प्रकाशित: May 30, 2026| 19:25 शनिबार, जेठ १६, २०८३
प्रतिक्रिया दिनुहोस्