आइतबार, जेठ १७, २०८३

आँखाको ज्योति स्थिर राख्न के खाने ?

 |  आइतबार, जेठ १७, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १७, २०८३

आँखाको ज्योति स्थिर राख्नको लागि खानामा यी केही पौष्टिक आहारहरु सामेल गर्ने सल्लाह दिइन्छ। आफ्नो आहारमा अंगुर, ओखर, अमला, गाजर र अमिलो फलहरुलाई सामेल गर्नाले आँखा स्वस्थ रहन्छ र आँखाको ज्योति कम हुँदैन।

National life

आँखा शरीरको सबैभन्दा महत्वपूर्ण हिस्सा मानिन्छ। यो पूरै शरीरमध्ये सबैभन्दा संवेदनशील अंग पनि हो। सानो लापरवाहीले पनि आँखाको ज्योति कम हुन सक्छ। त्यसैले आँखाको विशेष ध्यान राख्नुपर्ने आवश्यकता हुन्छ। बढ्दो प्रदूषण र रोगहरुका कारण आँखामा नराम्रो असर परिरेहको हुन्छ। यस्तोमा कस्तो खानपानले आँखाको ज्योति बढाउन र स्थिर राख्न सकिन्छ भन्ने जान्नु र त्यसको उपयोग गर्नु आवश्यक छ।

अमला
भिटामिन–सीले भरिपूर्ण अमलाको उपयोग लिवर, डाइजेशन, स्किन र कपालको साथै आँखाको लागि समेत निकै फाइदाकारक मानिएको छ। यसले इम्यून सिस्टमलाई बढाउन र रगतमा शुगरको स्तरलाई कम गर्नमा मद्दत गर्छ। आफ्नो आहारमा एक टुक्रा अमला खानु वा यसको जूस खानुले आँखा स्वस्थ रहन्छ र ज्योति बढ्छ।

सुकमेल
सुकमेलले शरीरको तापमानलाई सन्तुलित गर्न मद्दत गर्छ। यसको नियमित सेवनले आँखालाई फाइदा गर्छ। आँखाको दुई गुणा फाइदाको लागि सुकमेल र सौंफलाई पिसेर चिसो दूधमा मिलाएर सेवन गर्नाले आँखाको ज्योति बढ्छ।

गाजर
गाजरमा उपलब्ध पौष्टिक तत्वले इम्यून सिस्टमलाई बलियो बनाउँछ र मुटुसँग जोडिएको सबै समस्याहरुलाई सामप्त गर्न मद्दत गर्छ। गाजर आँखाको लागि एक सुपरफूड हो। गाजरमा बीटा–कैरोटीन र फाइबरजस्तो महत्वपूर्ण तत्व पाइन्छ। साथै यसमा विटामिन र मिनरल हुन्छ जसले आँखाको ज्योति बढाउने काम गर्छ। आँखाको उपयुक्त हेरचाहको लागि दैनिक एउटा गाजर खानुपर्छ।

Shivam cement

ओखर
ओखर आँखाको साथै स्किनको लागिपनि फाइदाकारक हो। ओखरमा उपलब्ध ओमेगा–३ ले फैटी एसिड आँखाको ज्योति तेज गर्न मद्दत गर्छ। यसले डार्क सर्कललाई सधैंको लागि हटाउन सक्छ। यसलाई खानुको साथै ओखरको तेजलाई आँखाको चारैतिर मसाज गर्न सकिन्छ।

अमिलो फल
अमिलो स्वाद भएको फलमा भरपूर मात्रामा भिटामिन सी र एन्टीअक्सिडेन्ट पाइन्छ। त्यसैले उक्त फलफूल आँखाको लागि निकै फाइदाकारक मानिएको छ। बढ्दो उमेरमा हुने आँखासम्बन्धी समस्यालाई रोक्नको लागि अमिलो फल महत्वपूर्ण मानिन्छ।   सहारा समयबाट

प्रकाशित: May 31, 2026| 07:56 आइतबार, जेठ १७, २०८३
प्रतिक्रिया दिनुहोस्