मंगलबार, साउन १२, २०८३

एकैदिन तोलामा साढे २० हजार बढ्यो सुनको भाउ

 |  आइतबार, जेठ १७, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १७, २०८३

काठमाडौं- विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलामा २० हजार ५०० ले बढेको हो। 

गत शुक्रबार रु दुई लाख ९० हजार ६०० मा खरिद–बिक्री भएको एक तोला सुनको मूल्य आज रु तीन लाख ११ हजार १०० कायम भएको छ। त्यसैगरी, एक तोला चाँदीको मोल रु पाँच हजार ३४५ निर्धारण भएको छ। गत शुक्रबार एक तोला चाँदी रु पाँच हजार ४० मा किनबेच भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७३० र त्यति नै परिमाणको सेतो धातुको ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: May 31, 2026| 12:08 आइतबार, जेठ १७, २०८३
प्रतिक्रिया दिनुहोस्