बिहीबार, भदौ ४, २०८३

सशस्त्रका ११ डीआईजी सरुवा, को कहाँ?

गृह मन्त्रालयले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयबाट ११ जना डीआईजीहरूको सरुवा गरिएको हो।
 |  शुक्रबार, असोज ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ८, २०७८

काठमाडौं– गृह मन्त्रालयले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयबाट ११ जना डीआईजीहरूको सरुवा गरिएको हो।

सशस्त्र प्रहरी बल मुख्यालयका अनुसार बराह बाहिनी सुनसरीमा कमल गिरीको सरुवा भएको छ। त्यहाँका बाहिनीपति वंशीराज दाहाललाई पशुपति बाहिनी काठमाडौं ल्याइएको छ। यस्तै डीआईजी मन्दीप श्रेष्ठलाई गढिमाई बाहिनी हेटौंडाबाट सशस्त्र प्रहरी मुख्यालय सरुवा गरिएको छ। हेटौंडामा किशोर प्रधानलाई पठाइएको छ।

कुलबहादुर नेम्वाङलाई प्रधान कार्यालयको मानवस्रोत विभागबाट विन्ध्यवासिनी बाहिनी, रूपन्देही सरुवा गरिएको मुख्यालयले जनाएको छ।

राजु अर्याल पशुपतिनाथ बाहिनीबाट प्रधान कार्यालयको मानवस्रोत विभागमा सरुवा भएका छन्। यस्तै पोखरास्थित बाहिनीका नारायणदत्त पौडेल कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा भएका छन् भने पोखरामा शम्भु सुवेदीलाई पठाइएको छ।

प्रदेश नम्बर २ का चन्द्रप्रकाश गौतमलाई कार्य तथा सीमा सुरक्षा विभाग मुख्यालयमा सरुवा गरिएको छ। प्रदेश २ मा गणेश ठाडामगरलाई पठाइएको मुख्यालयले जनाएको छ। यसैगरी मुख्यालयको मानव स्रोत विभागमा कार्यरत दुर्गाप्रसाद भट्टराई सुदूरपश्चिम प्रदेशमा सरुवा भएएका छन्।

प्रकाशित: Sep 24, 2021| 11:51 शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।