आइतबार, जेठ २५, २०८२

समुद्रभित्र सास लिइरहेका निर्दोष जीवन [तस्बिरहरू]

सन् २०२१ का लागि ‘ओसन फोटोग्राफर अफ द इयर’ को पुरस्कार आइमी जानलाई ग्लास फिसले घेरिएको समुद्रमा रहने हरिया कछुवा (ग्रिन सी टर्टल)को तस्बिरका लागि दिइएको छ।
 |  शुक्रबार, असोज ८, २०७८
nespernesper

बीबीसी

बीबीसी

शुक्रबार, असोज ८, २०७८

vianetvianet

काठमाडौं- सन् २०२१ का लागि ‘ओसन फोटोग्राफर अफ द इयर’ को पुरस्कार आइमी जानलाई ग्लास फिसले घेरिएको समुद्रमा रहने हरिया कछुवा (ग्रिन सी टर्टल) को तस्बिरका लागि दिइएको छ। यी तस्बिर आइमीले पश्चिमी अस्ट्रेलियाको निगालु कोरल रिफ नजिक लिएका हुन्। ओसन फोटोग्राफर अफ द इयरको आयोजना ओसनोग्राफिक पत्रिकाले गर्छ।

प्रतियोगितामा समुद्रको गहिराइमा जीवनको सुन्दरता देखाउने तथा वर्तमान समयमा उनीहरूका सामु रहेको जोखिमको सामनाका लागि लिइएको तस्बिरलाई आधार मानेर अवार्ड प्रदान गर्ने गरिन्छ। यस प्रतियोगितामा दोस्रो स्थान हेनली स्पियर्सले प्राप्त गरेका छन्। उनले स्कटल्यान्डको सेटल्यान्ड द्वीपमा माछा समात्नका लागि समुद्रमा गोता लगाउने समुद्री पन्छीको तस्बिर लिएका छन्।

उनले एक कछुवा बच्चाको तस्बिर क्यामेरामा कैद गरेका थिए। अण्डाबाट पहिलो पटक बाहिर निस्केको कछुवा पहिलो पटक समुद्रभित्र जाने कोसिस गरिरहेको थियो। यसका साथै यस पटकको प्रतियोगितामा फिमेल फिफ्टी फेथम अवार्ड अवार्डको नयाँ क्याटेगोरी राखिएको थियो। यस क्याटेगोरी राख्नुको उद्देश्य महिला फोटोग्राफरलाई प्रोत्साहन गर्नु हो।

यो पुरस्कार लस एन्जलसमा रहने क्यापोजोलालाई प्राप्त भएको छ। उनले पोर्टपोलियाको लागि मिला पुरस्कार जितेकी हुन्। उनी एक शिक्षक पनि हुन्।

उनले ब्ल्याकटीप रीफ सार्कको एक तस्बिरबाट पुरस्कार जितेकी हुन्। उनले अस्ताउँदो सूर्यको प्रकाशमा आराम गरिरहेको रीफ सार्कको तस्बिर खिचेकी थिइन्। उनले यो तस्बिर फ्रान्सको नजिकैको द्वीपमा लिएकी थिइन्।

National life insurance

योङ ओसन फोटोग्राफर अफ द इयरको पुरस्कार यस वर्ष हान्ना लियूको एक तस्बिरलाई दिइएको छ। यस तस्बिरमा मुख्य पन्छीले भरिएको आकासको ठिक मुनी एक सानो ग्रीन सी टर्टलले स्वास लिनका लागि पानीबाट शीर बाहिर निकालेको छ।

यो तस्बिर अस्ट्रेलियाको हेराइन द्वीपको नजिकै लिइएको हो। यो तस्बिर हाल लन्डनको टावर ब्रिजको नजिक प्रदर्शनीमा राखिएको छ। जुन प्रदर्शनी १७ अक्टोबरदेखि चल्नेछ।

प्रकाशित: Sep 24, 2021| 06:33 शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।