शुक्रबार, भदौ ५, २०८३

विधान महाधिवेशनमा लगिने प्रतिवेदनबारे छलफल गर्दै एमाले

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनहरूमाथि छलफल हुने एमाले सचिव शेरबहादुर तामाङले बताएका छन्।
 |  शुक्रबार, असोज ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ८, २०७८

काठमाडौ‌ं- एमाले केन्द्रीय कमिटीको बैठक शुक्रबार बस्दै छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनहरूमाथि छलफल हुने एमाले सचिव शेरबहादुर तामाङले बताएका छन्।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र संगठन विभागले विधान संशोधनको मस्यौदा प्रस्तुत गर्ने कार्यसूची रहेको तामाङले जानकारी दिए। 

केन्द्रीय कमिटीबाट अनुमोदन गरिएको राजनीतिक प्रतिवेदन विधान महाधिवेशनमा अध्यक्ष ओलीले प्रस्तुत गर्नेछन्। विधान महाधिवेशन असोज १५ देखि १७ गतेसम्म हुने कार्यतालिका छ। 

प्रकाशित: Sep 24, 2021| 10:51 शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...