बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संवैधानिक इजलासमा प्रधानन्यायाधीशको सहभागिताबारे सर्वोच्चमा आज सुनुवाइ हुँदै

संवैधानिक इजलासमा प्रधानन्यायाधीशको सहभागिताबारे सर्वोच्चमा आज सुनुवाइ हुँदै

प्रधान न्यायाधीशबिनाको संवैधानिक इजलास गठन हुन सक्ने कि नसक्ने भन्ने मुद्दामाथि आज शुक्रबार सुनुवाइ हुँदैछ।
 |  शुक्रबार, असोज ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ८, २०७८

काठमाडौं– प्रधान न्यायाधीशबिनाको संवैधानिक इजलास गठन हुन सक्ने कि नसक्ने भन्ने मुद्दामाथि आज शुक्रबार सुनुवाइ हुँदैछ।

न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासमा यस मुद्दामाथि सुनुवाइ हुन लागेको हो। अधिवक्ता दीपकविक्रम मिश्र र डा. गणेश रेग्मीले दायर गरेका छुट्टाछुट्टै रिटको सुनुवाइ हुने गरी सो इजलासमा पेसी तोकिएको हो। 

बहस सकिए आजै फैसला आउन सक्ने सर्वोच्च स्रोतले जनाएको छ। न्यायाधीश हरि फुयाँलको एकल इजलासले यसबारेमा लिखित जवाफ प्राप्त भएको ३ दिनपछि पेसी तोक्न आदेश दिएबमोजिम आज पेसी तोकिएको हो । 

संवैधानिक परिषद्ले गरेका संवैधानिक नियुक्तिविरुद्धको रिटमाथिको सुनुवाइमा प्रधानन्यायाधीश बस्न नमिल्ने विवादपछि यो प्रकरण अदालतमा मुद्दाका रूपमा छ।

प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास बस्ने कि नबस्ने भन्ने मुद्दाको टुंगो लागेपछि मात्र संवैधानिक नियुक्तिहरूविरुद्धको रिटमाथि सुनुवाइ अघि बढ्नेछ।

प्रकाशित: Sep 24, 2021| 11:40 शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।