सुडानमा भएको सैनिक कू विरुद्ध सडकमा उत्रिएकाहरुमथि दमन भएको छ। प्रदर्शनकारीमाथि सैनिकले गोली चलाउँदा सात जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन्।
खाबी लेम टिकटकमा सबैभन्दा चर्चित व्यक्तिको सूचीमा दोस्रो स्थानमा रहेका छन्। अमेरिकी नृत्याङ्गना चार्ली डी’अमेलियोपछि टिकटक प्रख्यातीको दोस्रो स्थानमा लेमको नाम दर्ता भएको छ।
अहिले सहरको अधिकांश विकास गाउँ उक्लिएको छ। गाउँमै सरकार छ। बाटो, बत्ती, पानी समस्या छैन। स्वास्थ्य चौकी स्तरीय बनिरहेका छन्। तर, सरकार चलाउन नागरिक छैनन्।
राष्ट्रपति रिसेप तैयप एर्दोगानले अमेरिका, जर्मनी र फ्रान्ससहित १० देशका राजदूतलाई फिर्ता पठाउने निर्णय शुक्रबार गर्नुभएको थियो। यहाँको सरकारको सो कदमको ती देशहरुले विरोध गरेका छन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङ र बेल्जियमका राजा फिलिपले सोमबार कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको उपलक्ष्यमा बधाइ सन्देश आदानप्रदान गरेका छन्।
अफगानिस्तानको कृषि तथा पशुपालन मन्त्रालयले यहाँका युवालाई कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्नुका साथै कृषि तथा पशुपालनको वृद्धिका क्षेत्रमा कार्यक्रमहरु ल्याएको छ।