मंगलबार, फागुन २६, २०८२

टर्कीको निर्णयको विरोध

राष्ट्रपति रिसेप तैयप एर्दोगानले अमेरिका, जर्मनी र फ्रान्ससहित १० देशका राजदूतलाई फिर्ता पठाउने निर्णय शुक्रबार गर्नुभएको थियो। यहाँको सरकारको सो कदमको ती देशहरुले विरोध गरेका छन्।
 |  मंगलबार, कात्तिक ९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ९, २०७८

इस्तानबुल- टर्कीले विभिन्‍न देशका राजदूतलाई फिर्ता पठाउने गरी गरेको निर्णयको विरोध भएको छ। राष्ट्रपति रिसेप तैयप एर्दोगानले अमेरिका, जर्मनी र फ्रान्ससहित १० देशका राजदूतलाई फिर्ता पठाउने निर्णय शुक्रबार गर्नुभएको थियो। यहाँको सरकारको सो कदमको ती देशहरुले विरोध गरेका छन्।

National life

राष्ट्रपति एर्दोगानको शुक्रबारको आदेशपछि टर्कीले ती देशका राजदूतलाई आफ्नो देशले अस्वीकार गर्न वा सम्बन्धित देशमै फिर्ता पठाउन सक्नेछ। यहाँको सरकारले राज्यद्रोहको आरोपमा चार वर्षदेखि थुनामा राखका एकजना अभियन्ता ओजमुन कुभालालाई ती देशका राजदूतहरुले एक वक्तव्य प्रकाशन गरेर रिहा गर्न आग्रह गरेका थिए।

राजदूतहरूको यस्तो वक्तव्यको टर्कीस् सरकारले विरोध गरेको थियो। उक्त वक्तव्यपछि नै उक्त कदम चालिएको हो।यो अवस्था भनेको राजदूतहरूको कूटनीतिक हैसियतलाई खारेज गर्नुका साथै अधिकांश अवस्थामा उनीहरूलाई फिर्ता पठाउने र राजदूतको मान्यता खोस्ने कदम हो।

अघिल्लो साता अमेरिका, क्यानडा, फ्रान्स, डेनमार्क, जर्मनी, नेदरल्याण्ड, न्यूजील्याण्ड, नर्वे र स्वीडेनका राजदूतहरुले कुभालाको रिहाइको लागि संयुक्त विज्ञप्ति जारी गरेका थिए।

प्रकाशित: Oct 26, 2021| 00:30 मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।