सोमबार, असार २२, २०८३

आईपीएलमा १० टिमले प्रतिस्पर्धा गर्ने

अब इन्डियन प्रिमियर लिग (आईपीएल)मा १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन्।
 |  मंगलबार, कात्तिक ९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ९, २०७८

काठमाडौं- अब इन्डियन प्रिमियर लिग (आईपीएल)मा १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन्। आठ टिमले खेलिरहेको आईपीएलमा आउँदो सिजनबाट दुईटिम थपिएर १० टिमले प्रतिस्पर्धा गर्ने भएको हो।

भारतिय कन्ट्रोल क्रिकेट बोर्ड बीसीसीआईले अहमदाबाद र लखनउलाई नयाँ फ्रेन्चाइज क्लबका रुपमा आईपीएलमा आबद्ध गरेको हो। दुवईमा आयोजित क्लब लिलामीमा आरपी सन्जिब गोएन्काले ग्रुप (आरपीएसजी)ले सात हजार ९० करोड भारुमा अखनौं क्लब किनेको हो।

त्यस्तै, सोहि लिलामीमा सीभीसीले (एक निजी इक्विटी कोष)ले पाँच हजारा ६२५ करोड भारुमा अहमदाबाद क्लब किनेको हो। बीसीसीआईले तोकेकोआधार मूख्य भन्दा आरपीएसजीले लगाएको मूल्य २५० गुणा धेरै हो। यता सीभीसीले गरेको लगानी भने आधार मुख्य भन्दा १६० प्रतिशत धेरै हो।

बीसीसीआईमा २२ कम्पनीले टेन्डर भरेका थिए तर दुवईमा भएको लिलामीमा ९ कम्पनी मात्र उपस्थित भएका थिए। छ घण्टासम्म चलेको लिलामीमा ९ कम्पनीले बोलि लगाएका थिए। वार्षिक ३००० करोड भारु टर्नओभर हुने कम्पनले मात्र लिलामी प्रकृयामा सहभागी हुन पाउने बीसीसीआईले नियम राखेको थियो।   

२०२२ को आईपीएल सिजनमा १० टोली सहभागी हुनेछन र ७४ खेलहरू हुनेछन् भने प्रत्येक टोलीसँग ९ घरेलु र ९ वटा अवे खेलहरू हुनेछन्।

प्रकाशित: Oct 26, 2021| 07:07 मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।