मंगलबार, फागुन २६, २०८२

भारतमा घट्दैछ दैनिक संक्रमितको संख्या

सरकारी अधिकारीहरुले पछिल्लो २४ घण्टामा १४ हजार ३०६ जना मात्रै नयाँ सङ्क्रमित भएको सोमबार जानकारी दिएका छन्।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

नयाँ दिल्ली- भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घटेको छ। सरकारी अधिकारीहरुले पछिल्लो २४ घण्टामा १४ हजार ३०६ जना मात्रै नयाँ सङ्क्रमित भएको सोमबार जानकारी दिएका छन्। 

National life

यसअघि झण्डै २० हजारको हाराहारीमा दैनिक सङ्क्रमित हुने गरेकोमा अहिले १४ हजार भएकाले घटेको देखिएको हो। 

भारतमा अहिले एक लाख ६७ हजार ६९५ जना सक्रिय सङ्क्रमित रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

यो सङ्ख्या २३९ दिनपछिकै सवैभन्दा कम रहेको पनि अधिकारीहरुले जनाएका छन्।  

भारतमा अहिले सक्रिय अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितहरुको सङ्ख्याको ०.४९ प्रतिशत मात्रै हो। 

Laxmi sunrise bank
kumari

त्यसैगरी सङ्क्रमणमुक्त भएकाहरुको मात्र पनि महामारी फैलिएपछिकै सवैभन्दा धेरै रहेको अधिकारीहरुले जानकारी दिएका छन्।  

मन्त्रालयका अनुसार कुल सङ्क्रमित मध्ये ९८.१८ प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन्। 

प्रकाशित: Oct 25, 2021| 22:40 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।