बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मकालुको वडा नम्बर ५ मा पर्ने मांसिमालाई छुट्टै वडा बनाउन माग

मकालुको वडा नम्बर ५ मा पर्ने मांसिमालाई छुट्टै वडा बनाउन माग

संखुवासभाको मकालु गाउँपालिका–५ मा मांसिमालाई छुट्टै वडा बनाउन स्थानीयले माग गरेका छन्।
 |  मंगलबार, कात्तिक ९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ९, २०७८

संखुवासभा- संखुवासभाको मकालु गाउँपालिका–५ मा मांसिमालाई छुट्टै वडा बनाउन स्थानीयले माग गरेका छन्। मांसिमाबासीले वडा नम्बर–५ लाई छुट्टै वडा बनाउन माग गरेको मकालु–५ का वडाध्यक्ष जापान गुरुङले जानकारी दिए। 

भौगोलिक हिसाबले बिकट मानिएको मांसिमादेखि वडा कार्यालय आउन एक दिनको पैदल लाग्छ। मांसिमाका करिब २ सय ५० घर परिवार भएको वडाध्यक्ष गुरुङले बताए। मांसिमाका स्थानीयले सामान्य जन्म दर्ता, मृत्यु दर्ता जस्ता काम गर्न एक दिनको पैदल हिँडेर नुम आइपुग्नु पर्छ। 

सडक सञ्जाल नजोडिएको मांसिमाबासीले वडा कार्यालयको सेवा लिन एक दिनको पैदल हिँड्नु पर्ने स्थानीय ज्ञान बहादुर गुरुङले बताए। सडक सञ्जाल नभएका कारण मांसिमाबासी वडा कार्यालयमा पुगेर आफ्नो काम सम्पन्न गर्नलाई चार पाँच दिनसम्म लाग्ने गरेको स्थानीयको गुनासो छ।

मांसिमा गाउँमा गुरुङ र राई जातीको मात्र बसोबास छ। भूगोल र जनसंख्याको हिसाब हेर्ने हो भने मांसिमा छुट्टै वडा निर्माणका प्रशस्त आधार रहेको स्थानीय श्याम कुमार गुरुङले बताए।

भौगोलिक बिकट मांसिमाबासी आफ्नो छुट्टै वडा नहुँदा वडाको केन्द्रसम्म पुग्न विभिन्न समस्या झेल्दै आएको उनीहरूको भनाइ छ। स्थानीयको माग अनुसार मांसिमा गाउँलाई छुट्टै वडा बनाउन गत जेठ १० गते गाउँसभाले निर्णय गरेको वडाध्यक्ष गुरुङले बताए।

यस वर्ष गाउँसभाबाट समेत पारित भइसकेको वडाध्यक्ष गुरुङले बताए। छुट्टै वडा बनाउन गाउँसभाले निर्णय प्रदेश सरकार र स्थानीय विकास मन्त्रालयलाई पठाउने तयारी भइरहेको उनको भनाइ छ। छुट्टै वडा निर्माणका लागि सम्पूर्ण आधार पुरा हुनसक्ने भन्दै स्थानीय सरकारसमेत यसको पहलमा अघि बढिरहेको छ। वडा भित्रको पनि छुट्टै भूगोल भएको मांसिमा गाउँमा शिक्षा स्वास्थ्यको पहुँच निकै टाढा छ।            -न्युज कारखाना

प्रकाशित: Oct 26, 2021| 06:46 मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।