शनिबार, साउन १६, २०८३

एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आजदेखि

कोभिड- १९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा मंगलबारदेखि काठमाडौं जिल्लामा लगाइँदैछ।
 |  मंगलबार, कात्तिक ९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ९, २०७८

काठमाडौं- कोभिड- १९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा मंगलबारदेखि काठमाडौं जिल्लामा लगाइँदैछ। काठमाडौं महानगरपालिका तथा कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, कागेश्वरी मनोहरा, तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिका १८ वर्षमाथिकालाई दोस्रो मात्रा दिन लागिएको हो।

जिल्ला स्वास्थ्य कार्यालयले काठमाडौं महानगरमा नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रिरोग अस्पताल र निजामती कर्मचारी अस्पतालबाट खोप लगाइने जानकारी दिएको छ। यी अस्पतालमा दुई दिनसम्म खोप दिइनेछ। बाँकी स्थानीय तहमा तीनदिनसम्म खोप लगाउन पाइनेछ। 

काठमाडौं महानगरको हकमा १० कात्तिक सबै वडामा खोप केन्द्र सञ्चालन हुनेछ। खोप लगाउन आउने व्यक्तिले पहिलो डोज खोप लगाएको खोप कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहित आउन पनि स्वास्थ्य कार्यालयले आह्वान गरेको छ।

प्रकाशित: Oct 26, 2021| 08:27 मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्