मंगलबार, फागुन २६, २०८२

चीन र बेल्जियमको कूटनीतिक सम्बन्धको ५० औं वार्षगाँठ

चिनियाँ राष्ट्रपति सी चिनफिङ र बेल्जियमका राजा फिलिपले सोमबार कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको उपलक्ष्यमा बधाइ सन्देश आदानप्रदान गरेका छन्।
 |  मंगलबार, कात्तिक ९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ९, २०७८

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङ र बेल्जियमका राजा फिलिपले सोमबार कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको उपलक्ष्यमा बधाइ सन्देश आदानप्रदान गरेका छन्।

National life

आफ्नो सन्देशमा राष्ट्रपति सीले चीन-बेल्जियम सम्बन्धको विकासलाई ठूलो महत्त्व दिएको र कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठको अवसरमा राजा फिलिपसँग मिलेर काम गर्न तयार रहेको बताएका छन्।

राष्ट्रपति सीले चीन र बेल्जियमबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै आपसी सम्मान र आपसी हितका आधारमा आपसी सम्बन्धको निरन्तर विकास भइरहेको औंल्याएका छन्।

राष्ट्रपति सीले सन् २०१४ मा आफू र राजा फिलिपले चीन-बेल्जियम सम्बन्धलाई चौतर्फीरूपमा मैत्री सहकारी साझेदारीमा स्तरोन्नति गरेको र द्विपक्षीय सहयोग आदान-प्रदान गर्दै सहयोगमा फलदायी नतिजा आएको कुरा स्मरण गरेका छन्।

कोभिड-१९ महामारीको प्रकोपपछि दुई देशका जनतामा नयाँ किसिमको हार्दिक सम्बन्ध विस्तार भएको बताइएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 26, 2021| 00:00 मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।