शुक्रबार, साउन ८, २०८३

अफगानिस्तानमा भोकमरीको जोखिमः राष्ट्रसंघ

तत्काल उपर्युक्त कदम नचाले लाखौं अफगानीले भोकमरीको सामना गर्नु परेको राष्ट्रसंघले चेतावनी दिएको हो।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

काबुल- राष्ट्रसंघले अफगानिस्तानमा भोकमरी हुने चेतावनी दिएको छ। तत्काल उपर्युक्त कदम नचाले लाखौं अफगानीले भोकमरीको सामना गर्नु परेको राष्ट्रसंघले चेतावनी दिएको हो। 

अफगानिस्तानमा करिब २ करोड २८ लाख जनसंख्यामा पर्याप्त खाद्यन्नको अभाव छ। त्यस्तै, ३२ लाख बालबालिका कुपोषणको शिकार बनेका छन्। 

‘अफगानिस्तानमा अहिले मानव संकट गहिरिएको छ। त्यहाँ जुनसुकै बेला भोकमरीको जोखिम छ’ , विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बिसलेले भने। १५ अगस्टमा तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा आर्थिक संकट चुलिएको छ। अफगानिस्तानलाई तत्काल सहयोग नगरे त्यहाँ मानवीय संकट गहिरिने अन्तर्राष्ट्रिय समुदायले चेतावनी दिँदै आएका छन्। 


प्रकाशित: Oct 25, 2021| 22:00 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।