नेपालको शीर्ष डिभिजनको फुटबल सहिद स्मारक ए डिभिजन फुटबल लिग शुक्रबारबाट सुरु हुँदैछ। देशको फुटबलको मेरुदण्डको रूपमा रहेको लिग शुक्रबारबाट दशरथ रंथशालामा सुरु हुन लागेको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन सरेको छ। यही मंसिर ११ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्ने तए भए पनि राष्रपाले पुन: महाधिवेशनको नयाँ मिति सार्वजनिक गरिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने डेमोक्रेसी समिटमा सहभागीले हुने भएका छन्। ‘डेमोक्रेसी समिट’ डिसेम्बर ९ र १० मा भर्चुअलरुपमा आयोजना हुने भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार बैतडीको सुर्नया गाउँपालिका–७ बस्ने वर्ष २१ का मिनीट्रक चालक नवीन कुँवरसहित ट्रकलाई कार्यालयमा ल्याएर सामान जाँच गर्दा बिनाबिल भारतबाट भन्सार छली ल्याएको...
हाल नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नम्बर १ मा आंशिकदेखि सामान्य बदली भई बाँकी प्रदेशमा सामान्यतया बदली रहेको...
नेपालका आयुशमान हजुर घले र सक्षमविक्रम शाहको जोडीले काठमाडौं/एसियन यु–१४ र्याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–१ को ब्वाइज डबल्समा बिहीबार स्वर्ण जितेका छन्।
नेपाल आर्मीका सुवास तामाङ र एपीएफका प्रदीप महर्जन प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५१ केजीमा बिहीबार फाइनलमा प्रवेश गरेका छन्।
लिबियाका शक्तिशाली नेता तथा पूर्वगृहमन्त्री फाथी बशाघाले राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेका छन्। तेलको धनी राष्ट्र लिबियामा आगामी महिना हुन लागेको राष्ट्रपतिय निर्वाचनका लागि उहाँले उम्मेदवारी घोषणा गरेका हुन्।
संयुक्त राष्ट्र संघीय शरणार्थीका लागि उच्चायोगले बिहीबार विशेष गरी अफ्रिकामा द्वन्द्वका कारण संसारभरि आफ्नो घर छोड्न बाध्य व्यक्तिहरूको संख्या यस वर्षको पहिलो ६ महीनामा ८.४ करोडभन्दा बढी हुनसक्ने जनाएको छ।
सुनसरी प्रहरीले सिमावर्ती क्षेत्रबाट १ सय ८० किलो तयारी अवस्थाको गाँजा बरामद गरेको छ। ट्याक्टरको डालामा पाता थपेर बनाइएको क्याबिनमा लुकाइएको सो परिमाणको गाँजा प्रहरीले देवानगञ्जबाट गाँजा बरामद गरेको हो।