शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री देउवा बाइडेनले आयोजना गरेको डेमोक्रेसी समिटमा सहभागी हुने

प्रधानमन्त्री देउवा बाइडेनले आयोजना गरेको डेमोक्रेसी समिटमा सहभागी हुने

प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने डेमोक्रेसी समिटमा सहभागीले हुने भएका छन्। ‘डेमोक्रेसी समिट’ डिसेम्बर ९ र १० मा भर्चुअलरुपमा आयोजना हुने भएको हो।
 |  शुक्रबार, मंसिर ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ३, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने डेमोक्रेसी समिटमा सहभागीले हुने भएका छन्। ‘डेमोक्रेसी समिट’ डिसेम्बर ९ र १० मा भर्चुअलरुपमा आयोजना हुने भएको हो।

यसअघि प्रधानमन्त्री देउवालाई समिटमा सहभागी हुन अनौपचारिक निमन्त्रणा आएको भए पनि बुधबार अमेरिकी सहायक विदेशमन्त्रीको टोलीले भेटेर औपचारिक निम्ता दिएका हुन्। जवाफमा प्रधानमन्त्री देउवाले उक्त कार्यक्रममा सहभागी हुने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको सहभागिताका सम्बन्धमा आवश्यक तयारीसमेत अघि बढाएका छन्। 

बाइडेनले उक्त समिटका लागि विश्वका एक सयभन्दा बढी मुलुकका उच्च नेतृत्वलाई निमन्त्रणा पठाएका छन्।

राष्ट्रपति नियुक्त भएलगत्तै बाइडेनले अमेरिका र लोकतन्त्रमा विश्वास राख्ने विश्वका अन्य मुलुकबीच गठबन्धन हुने बताएका थिए। 

त्यसयता अमेरिकाले ‘डेमोक्रेटिक अलाइ’ बीचको सहकार्य सुदृढ गर्दै चीन लगायत कम्युनिस्ट पार्टी शासित मुलुकलाई ‘काउन्टर गर्ने’ नीति अख्तियार गरेको छ। यही कारण ‘डेमोक्रेसी समिट’ लाई विश्वभर नै विशेष चासोका साथ हेरिएको छ। 

सन् २०२२ पनि अमेरिकाले सोही समिट आयोजना गर्नेछ। उक्त समिट भने भौतिक उपस्थितिमै आयोजना हुने अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ। 

राष्ट्रपति भएको पहिलो वर्षमा नै विश्वका विभिन्न ६ वटा मुलुकमा लोकतान्त्रमाथि कू गरिएको छ। म्यानमार, सुडान, ट्युनिसिया, माली, गुनिया, चाडमा कू भएको छ भने अफगानिस्तानमा अमेरिका समर्थित राष्ट्रपतिलाई मुलुक छोड्न बाध्य पार्दै तालिबान समूहले मुलुक कब्जा गरेको छ।

प्रकाशित: Nov 19, 2021| 07:29 शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...