शनिबार, जेठ २, २०८३

शिक्षा मन्त्रीले मागे प्रधानाध्यापकको कार्यसम्पादन तथ्यांक

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सरकारी विद्यालयका प्रधानाध्यापकले गरेको कार्यसम्पादनको तथ्यांक मागेका छन्।
 |  शुक्रबार, मंसिर ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ३, २०७८

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सरकारी विद्यालयका प्रधानाध्यापकले गरेको कार्यसम्पादनको तथ्यांक मागेका छन्। 

National life

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शिक्षा इकाई प्रमुखहरूको कार्यशालामा मन्त्री पौडेलले देशभरका सरकारी विद्यालयका प्रधानाध्यापकहरूले गरेका कामको तथ्यांक माग गरेका हुन्। उनले विद्यालयमा दरबन्दी मिलान एवं कम्प्युटर, ल्याबको समस्या भएको भन्दै शिक्षा इकाईका प्रमुखहरूलाई त्यसको तथ्यांक लिएर मन्त्रालयमा पठाउन निर्देशन दिएका छन्। 

‘मन्त्रालय शिक्षा प्रणाली सुधार्न लागिपरिरहेको छ। विद्यालयमा शैक्षिक क्षेत्र सुधार्ने जिम्मेवारी प्रधानाध्यापकको हुन्छ। उनीहरूको सक्रियता कति छ तथ्यांक ल्याउनस्,’ उनले भने।

विद्यालयमा विषयगत शिक्षकले कस्तो पढाइरहेको छ भन्ने अभिलेख राख्नुपर्ने बताउँदै मन्त्रीले विद्यार्थीको खुसी र रुचिअनुसारको शिक्षकले अध्यापन गराउनुपर्नेमा जोड दिए।

‘क्षेत्राधिकार भित्रका कामहरू तत्काल थाल्नुहोस्’, मन्त्री पौडेलले भने, ‘ऐन नियम र कानुनको समस्या छ भनेत्यसलाई समाधान गरौं। हात बाँधेर अल्छी भएर नबस्नुहोस्।’

मन्त्री पौडेलले संघीय शिक्षा ऐनका विषयमा छलफल अघि बढेको बताउँदै समिति अथवा  अध्यादेशमार्फत त्यो ऐन आउने बताए।

यसका  साथै उनले शिक्षकहरूको आन्तरिक बढुवाको प्रस्ताव मन्त्रिपरिषद्‍मा प्रस्ताव गरिएकोले चाडै पास हुनेमा विश्वस्त हुन आग्रह गरेका छन्।

उनले भने, ´शिक्षा सुधारका लागि विभिन्न प्रदेशका प्रमुखहरूसँग छलफल चलिरहेको छ। राष्ट्रसेवक कर्मचारीले २०औं वर्षसम्म पनि सम्झन लायक हुनेगरी काम गर्नहोस्।'

प्रकाशित: Nov 19, 2021| 06:37 शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्