शनिबार, साउन १६, २०८३

मेडिकल काउन्सिलको निर्वाचन आजदेखि

नेपाल मेडिकल काउन्सिलको निर्वाचन आजदेखि हुने भएको छ। देशभरका २१ वटा केन्द्र मतदान हुने काउन्सिलले जनाएको छ।
 |  शुक्रबार, मंसिर ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ३, २०७८

काठमाडौं- नेपाल मेडिकल काउन्सिलको निर्वाचन आजदेखि हुने भएको छ। देशभरका २१ वटा केन्द्र मतदान हुने काउन्सिलले जनाएको छ।

उपत्यकाबाहिर आज र भोलि मतदान हुने छ। आज कोसी अस्पताल विराटनगर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान,जनकपुर प्रादेशिक अस्पताल, नारायणी अस्पताल वीरगन्ज, भरतपुर अस्पताल चितवन, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मतदान हुनेछ। 

यस्तै भोलि मेची प्रादेशिक अस्पताल भद्रपुर, गजेन्द्र नारायण सिंह मेमोरियल अस्पताल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल, जिल्ला अस्पताल पाल्पा, राप्ति विज्ञान प्रतिष्ठान, भीम अस्पताल भैरहवा, भेरी अस्पताल नेपालगञ्ज, प्रादेशिक अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, सेती प्रादेशिक अस्पताल धनगढी, कोसी अस्पताल विराटनगर र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मतदान हुने कार्यतालिका छ । 

काठमाडौं उपत्यका भित्र भने मंसिर १० र ११ गते मतदान हुने काउन्सिलले जनाएको छ। एक जना उपाध्यक्ष तथा आठ जना सदस्यका लागि निर्वाचन हुन लागेको हो। ९ पदमा ३५ जनाले उम्मेदवारी दिएका छन्। अध्यक्षमा तीन जनाले प्रतिस्पर्धा गर्ने छन्। काउन्सिलका २९ हजार १२५ जना मतदाता रहेका छन्।


प्रकाशित: Nov 19, 2021| 08:27 शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्