आइतबार, असार २१, २०८३

राष्ट्रिय बक्सिङको उपाधिका लागि सुवास र प्रदीप भिड्ने

नेपाल आर्मीका सुवास तामाङ र एपीएफका प्रदीप महर्जन प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५१ केजीमा बिहीबार फाइनलमा प्रवेश गरेका छन्।
 |  शुक्रबार, मंसिर ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ३, २०७८

काठमाडौं- नेपाल आर्मीका सुवास तामाङ र एपीएफका प्रदीप महर्जन प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५१ केजीमा बिहीबार फाइनलमा प्रवेश गरेका छन्।

नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा सुवासले उदयपुरका नारायण भुजेल तथा प्रदीपले रुकुमका जीवनकुमार पुनलाई पराजित गरे।

पुरुष ५४ केजीमा आर्मीका प्रेम चौधरीले आर्मी ‘बी’ का सुदिप श्रेष्ठबाट वाकओभर पाउँदै फाइनलमा प्रवेश गरे। फाइनलमा उनको भेट भीपीबीसीका उपास गुरुङसँग हुने छ। अर्को सेमिफाइनलमा उपासले स्विटका आङ पेम्बा शेर्पालाई हराएका थिए।

पुरुष ५७ केजीमा एपीएफका पुरन राईले एचटुओका बुद्ध ग्याल्मो लामा तथा बक्समान्डुका सुरज महर्जनले कञ्चनपुरका रञ्जन भट्टलाई पाखा लगाउँदै फाइनलमा स्थान बनाए। पुरुष ६० केजीमा बीएनकेबीका इन्द्रबहादुर सुनारले दाङका अनिल पुन मगर तथा कञ्चनपुरका महेन्द्र चन्दले बाँकेका नवीन घर्तीलाई पन्छ्याउँदै फाइनलमा स्थान सुरक्षित गरे।

पुरुष ६३ केजीमा आर्मीका दोलबहादुर चौधरीले थानकोटका मनीष श्रेष्ठ तथा एपीएफका सोनम सार्कीले कास्कीका सागर परियारलाई निराश पार्दै फाइनलमा पुगे।

महिला ४८ केजीमा नक्सालकी सुष्मा तामाङले आरडीएसकी रमिशा श्रेष्ठ र एचटुओकी अस्मिता दुवालले एपीएफकी सावित्री तामाङलाई हराए।

त्यस्तै, ५० केजीमा नक्सालकी डेनिका राईले कास्कीकी सोनिया बरुवाल र एपीएफकी माला राईले बक्समान्डुकी प्रतीक्षा अर्याल तथा ५२ केजीमा नक्सालकी शिला राईले आर्मी ‘बी’ की आरती तामाङ र आर्मीकी ललिता महर्जनले एपीएफकी सन्जुमाया थिङलाई पराजित गर्दै फाइनल यात्रा तय गरे।

प्रकाशित: Nov 19, 2021| 06:47 शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।