काठमाडौं- आइएमएस लिटिल स्माइल्सले बालबालिकाका सामग्रीमा ३० प्रतिशतसम्म छुट अफर ल्याएको छ। अन्तर्राष्ट्रिय बाल दिवस (नोभेम्बर २०)का उपलक्ष्यमा स्माइल्सले यो अफर ल्याएको आइएमएसले जानकारी दिएको छ।
क्रेन, डा ब्राउन्स, बिबीलुभ, ड्रिमबेबीलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रिमियम बेबी ब्रान्डमा ३० प्रतिशतसम्म छुट उपलब्ध गराउने आइएमएसले उल्लेख गरेको छ। यसका साथै, ग्राहकहरूलाई थप ५ प्रतिशत को पुन: खरिद छुट भौचर प्रदानसमेत गरिने कम्पनीको भनाइ छ।
अभियानमा लिटिल स्माइल्स फोटो प्रतियोगिता पनि प्रस्तुत हुने बताइएको छ। यसमा तीन भाग्यशाली प्रतियोगीहरूले आकर्षक गिफ्ट ह्याम्पर जित्नेछन्।
नेपालको पहिलो बेबिज र किड्स प्रिमियम मल्टी ब्रान्ड आउटलेट, आइ एम एस लिटल स्माइल दरबारमार्ग स्थित दरबार मल र कमलपोखरी स्थित सिटी सेन्टरमा अवस्थित छ। यो अफर मंसिर ३ गतेदेखि मंसिर ७ सम्म मान्य हुने कम्पनीले बताएको छ।