आइतबार, असार २१, २०८३

एसियन यु १४ टेनिसमा आयुशमान र सक्षमले जिते स्वर्ण

नेपालका आयुशमान हजुर घले र सक्षमविक्रम शाहको जोडीले काठमाडौं/एसियन यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–१ को ब्वाइज डबल्समा बिहीबार स्वर्ण जितेका छन्।
 |  शुक्रबार, मंसिर ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ३, २०७८

काठमाडौं- नेपालका आयुशमान हजुर घले र सक्षमविक्रम शाहको जोडीले काठमाडौं/एसियन यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–१ को ब्वाइज डबल्समा बिहीबार स्वर्ण जितेका छन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा आयुश र सक्षमको जोडीले नेपालका राजवीर प्रधान र दर्शिल श्रेष्ठको जोडीलाई ६–४, ४–६ र १०–६ को सेटमा पराजित गरे।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्समा नेपालकी प्रशंसा मोक्तानले नेपालकी इभा अधिकारीलाई ६–१ र ६–१ को सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरिन्। फाइनलमा प्रशंसाको भेट सुनिरा थापासँग हुनेछ। सुनिराले बुधबार नै फाइनलमा स्थान पक्का गरेकी थिइन्।

ब्वाइज सिंगल्समा भारतका सिद्धार्थ जिबु र नेपालका सक्षमविक्रम शाहले फाइनल भिडन्त निश्चित गरे।

सिद्धार्थले नेपालका दर्शिल श्रेष्ठलाई ३–६, ६–१ र ७–५ तथा सक्षमले नेपालका आयुशमान हजुर घलेलाई ४–६, ६–३ र ६–४ को सेटमा पाखा लगाए। ब्वाइज र गल्र्स सिंगल्सको फाइनल शुक्रबार हुने छ।

प्रकाशित: Nov 19, 2021| 07:00 शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।