सोमबार, असोज २६, २०८३

परम्परा तोड्दै ब्राजिलियन मोडलले गरे एकैपटक ९ युवतीसँग विवाह

‘मेरो देशमा एकल विवाहको अवधारणा छ। म यसलाई पूरा गर्न चाहन्छु, म चुनौती दिन चाहन्छु। त्यसैले मैले मेरी श्रीमतीसँगै थप ८ जना महिलासँग विवाह गरें।’
 |  बिहीबार, मंसिर २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २, २०७८

रियो द जेनेरियो- ब्राजिलमा एउटा रोचक घटना सार्वजनिक भएको छ। एक व्यक्तिले आफ्नी जेठी श्रीमतीसहित ९ जना युवतीसँग विवाह गरेका छन्। ती व्यक्तिको नाम हो- आर्थर ओ उसरो हो। आर्थर एक मोडेल हुन्। उनी भन्छन्, ‘मेरो देशमा एकल विवाहको अवधारणा छ। म यसलाई पूरा गर्न चाहन्छु, म चुनौती दिन चाहन्छु। त्यसैले मैले मेरी श्रीमतीसँगै थप ८ जना महिलासँग विवाह गरें।’

मिडिया रिपोर्टका अनुसार आर्थर पहिले नै विवाहित छन्। उनलाई पहिलो श्रीमतीले पनि साथ दिएकी छन्।  उनकी श्रीमतीको नाम लुआना काजाकी हो। लुआना एक ब्लगर हो। आर्थर र लुआनाले विगतमा आफ्नो प्रेम व्यक्त गर्न चकित पार्ने काम गरेका छन्।

क्याप डी'एग्डमा हनिमून 

आर्थर र लुआनाले आफ्नो पहिलो विवाहको हनीमून क्याप डी'एग्डमा मनाए। यहाँका बासिन्दाहरू स्वतन्त्र जीवन बिताउँछन्। आर्थर र लुआना भन्छन् – हामी युरोपभरि यात्रा गर्न चाहन्छौं र हाम्रो सहर जस्तै स्वतन्त्रता भएका विश्वका क्षेत्रहरू हेर्न चाहन्छौं।

महामारीको समयमा यो जोडीले मानिससँग सेक्स टिप्स पनि सेयर गर्दै आएका थिए। यसबारे दुवै जना भन्छन्, ‘हामी हरेक जोडीको वैवाहिक जीवन राम्रो होस् भन्ने चाहन्छौँ।’ यस महिनाको सुरुमा, लुआना आर्थरको घाँटीमा पट्टा लगाएर रेल स्टेशनको वरिपरि हिंडिरहेको देखियो। आर्थरले मास्क लगाएका थिए। दम्पती स्टेशन हुँदै बजार पुगे। उनले यो घटनालाई निकै रोमाञ्चक अनुभव भनेका छन्।

-दैनिक भास्कर

प्रकाशित: Nov 18, 2021| 22:10 बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।