शुक्रबार, भदौ ५, २०८३

फेरि किन सारियो राप्रपा महाधिवेशन?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन सरेको छ। यही मंसिर ११ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्ने तए भए पनि राष्रपाले पुन: महाधिवेशनको नयाँ मिति सार्वजनिक गरिएको छ।
 |  शुक्रबार, मंसिर ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ३, २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन सरेको छ। यही मंसिर ११ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्ने तए भए पनि राष्रपाले पुन: महाधिवेशनको नयाँ मिति सार्वजनिक गरिएको छ।

नयाँ तालिका अनुसार अब महाधिवेश मंसिर १५, १६ र १७ गते हुने राप्रपा केन्द्रीय सदस्य गोपाल पौडेलले बताए। उनले पार्टीका अध्यक्षहरूबीचको छलफलले महाधिवेशन केही पर सारिएको जानकारी दिएका छन्।

'हामी पहिलो पटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधिको छनोट गरिरहेका छौं। त्यसका लागि हामीलाई सक्रिय सदस्यको नामावली चाहियो। गाउँ-गाउँमा समयमै नामावली नपुगेकाले पनि महाधिवेशनको मिति चार दिन सारिएको हो', उनले भने।

यसका साथै राप्रपाले इलेक्ट्रोनिक मतदान गर्ने र एमालेले पनि इलेक्ट्रोनिक नै मतदान गर्ने भएकाले केही दिन सो मेसिक व्यस्त रहेकाले पनि आफूहरूले महाधिवेशन सारेको उनले जानकारी दिए।

उनले महाधिवेशन काठमाडौंमा नै हुने जनाएका छन्। राप्रपाले महाधिवेशन चयनको कार्यतालिका पनि हेरफेर गरेको छ।

मंसिर ३ देखि ५ भित्र महाधिवेशन प्रतिनिधि चयनका लागि चुनाव गर्ने कार्यतालिका बनाए पनि अब मंसिर ६, ७ र ८ गते महाधिवेशन प्रतिनिधि चयन गर्ने पौडेलले बताए।

अधिवेशन कार्यसूचीअनुसार कार्य सम्पन्न हुन नसकेपछि पार्टीको निर्वाचन समितिको बिहीबार बसेको बैठकले अधिवेशन सारेको राप्रपाले जनाएको छ।

वि.सं. २०७६ फागुन २८ मा तत्कालीन राप्रपासँग राप्रपा संयुक्तको एकता भएपछि पहिलो पटक हुन लागेको अधिवेशनमा राजनीतिक, आर्थिक, सामाजिक कार्यपत्र प्रस्तुत गरिनेछ भने अन्तरिम विधानलाई संशोधन गरी नयाँ कार्यसमितिको निर्वाचन गरिनेछ।

अहिलेसम्म ७६ जिल्लामा अधिवेशन सम्पन्न भएको छ भने एक लाख ४१ हजार सक्रिय सदस्यको नामावली अभिलेख गरिएको छ। 



प्रकाशित: Nov 19, 2021| 07:57 शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...