काठमाडौं- हाल नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नम्बर १ मा आंशिकदेखि सामान्य बदली भई बाँकी प्रदेशमा सामान्यतया बदली रहेको छ।
आज दिउसो देशका कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका भूभाग सामान्य बदली रही बाँकी प्रदेशका भूभाग आंशिकदेखी सामान्य बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना महाशाखाले जनाएको छ।
बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा र बांकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावानासमेत रहेको छ।
आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका भूभागमा सामान्य बदली रही बाँकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावान रहेको छ।