काठमाडौंमा जारी महाधिवेशनले सबै तहको नेतृत्वमा दुई कार्यकालभन्दा बस्न नपाउने व्यवस्थासहितको विधान पारित गरेको हो। यो व्यवस्थासहित एउटै व्यक्ति वर्षौंसम्म अध्यक्ष रहने परम्परा अन्त्य भएको छ।
नेपाल हक्की संघको आयोजनामा तथा जिल्ला हक्की संघ मकवानपुरको सहआयोजनामा आगामी १३ देखि १७ पुसमा प्रतियोगिता बागमती प्रदेशको राजधानी हेटौडामा हुने भएको हो।
अघिल्लो सरकारले भूमिहीनका लागि थुप्रै काम गरेको दाबी गरेपनि यथार्थमा त्यसो नरहेको माओवादी केन्द्र भोटेकोसी गाउँपालिकाको प्रथम सम्मेलनमा मन्त्री श्रेष्ठले बताइन्।
तीन दलिय गठबन्धन (नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी) बीच सहमति जुटेको छैन। कुन पार्टीले कति र कुन मन्त्रालय लिने भन्नेमा दलहरुबीच विवाद छ।
क्याम्पका सशस्त्र प्रहरी निरीक्षक भरत गौतमको नेतृत्वमा खटिएको टोलीले भारतबाट भन्सार छली गरेर ल्याएको दुई मोटरसाइकलसहित करिब साढे चार लाख मूल्य बराबरको कपडा बरामद गरेको प्रहरीले जनाएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार बिहीबार मतदाता नामावली प्रकाशन हुनेछ भने शुक्रबार मनोनयन दर्ताको कार्यतालिका तय भएको छ। शनिबार निर्वाचन हुनेछ।
कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ।
यद्यपि प्रदेश अधिवेशनका लागि जनकपुरधामस्थित तिरहुतीय गाछीमा सम्पूर्ण तयारी पूरा गरिएको छ। प्रदेश अधिवेशनको उदघाटन बिहिबार हुने भनिएपनि मंसिर १७ र १८ गते बन्दसत्र तथा निर्वाचन लगायतका कार्यक्रमहरु तय गरिएको...