काठमाडौं- पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानअन्तर्गत बुधबार रातिको खेलमा निससँगै गोलरहित बराबरी खेलेको छ। पीएसजी घरेलु मैदानमै निससँग बराबरीमा रोकिएको हो।
उसले यो सिजनमा दोस्रो बराबरी खेलेको छ। अक्टोबर २५ मा पनि पीएसजी मार्सेसँग गोलरहित बराबरीमा रोकिएको थियो। उसले दुई खेल बराबरी गरेपछि चार अंक गुमाएको छ।
त्यस्तै पीएसजीले अहिलेसम्म १६ खेल खेलिसक्दा एक खेलमा हार पनि बेहोरेको छ। उसले अक्टोबर तीनमा भएको खेलमा रेन्निससँग २-० गोलको हार बेहोरेको थियो।
यससँगै पीएसजीले १६ खेलबाट शतप्रतिशत अंकमध्ये सात अंक गुमाएको छ। उसले १३ खेलमा जित निकाल्दै ५१ अंक बनाएको छ। पीएसजी अहिले दोस्रो स्थानको मार्सेभन्दा १२ अंकले अघि रहेको छ।
बुधबार रातिको खेलमा ६९ प्रतिशत समय बलमा नियन्त्रण बनाएर विपक्षीको पोस्टतर्फ २२ प्रहार गरे पनि सफलता पाएन।