आइतबार, असार २१, २०८३

बराबरीमा रोकियो पीएसजी

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानअन्तर्गत बुधबार रातिको खेलमा निससँगै गोलरहित बराबरी खेलेको छ। पीएसजी घरेलु मैदानमै निससँग बराबरीमा रोकिएको हो।
 |  बिहीबार, मंसिर १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १६, २०७८

काठमाडौं- पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानअन्तर्गत बुधबार रातिको खेलमा निससँगै गोलरहित बराबरी खेलेको छ। पीएसजी घरेलु मैदानमै निससँग बराबरीमा रोकिएको हो।

उसले यो सिजनमा दोस्रो बराबरी खेलेको छ। अक्टोबर २५ मा पनि पीएसजी मार्सेसँग गोलरहित बराबरीमा रोकिएको थियो। उसले दुई खेल बराबरी गरेपछि चार अंक गुमाएको छ।

त्यस्तै पीएसजीले अहिलेसम्म १६ खेल खेलिसक्दा एक खेलमा हार पनि बेहोरेको छ। उसले अक्टोबर तीनमा भएको खेलमा रेन्निससँग २-० गोलको हार बेहोरेको थियो।

यससँगै पीएसजीले १६ खेलबाट शतप्रतिशत अंकमध्ये सात अंक गुमाएको छ। उसले १३ खेलमा जित निकाल्दै ५१ अंक बनाएको छ। पीएसजी अहिले दोस्रो स्थानको मार्सेभन्दा १२ अंकले अघि रहेको छ।

बुधबार रातिको खेलमा ६९ प्रतिशत समय बलमा नियन्त्रण बनाएर विपक्षीको पोस्टतर्फ २२ प्रहार गरे पनि सफलता पाएन।

प्रकाशित: Dec 02, 2021| 09:00 बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।