आइतबार, असार २१, २०८३

महिला राष्ट्रिय हक्की प्रतियोगिता पुसमा

नेपाल हक्की संघको आयोजनामा तथा जिल्ला हक्की संघ मकवानपुरको सहआयोजनामा आगामी १३ देखि १७ पुसमा प्रतियोगिता बागमती प्रदेशको राजधानी हेटौडामा हुने भएको हो।
 |  बिहीबार, मंसिर १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १६, २०७८

काठमाडौं- चौथो साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता पुसमा आयोजना हुने भएको छ। नेपाल हक्की संघको आयोजनामा तथा जिल्ला हक्की संघ मकवानपुरको सहआयोजनामा आगामी १३ देखि १७ पुसमा प्रतियोगिता बागमती प्रदेशको राजधानी हेटौडामा हुने भएको हो।  

प्रतियोगितामा ६ प्रदेशका टोलीसहित एक विभागीय टोली नेपाल आर्मीले पनि सहभागिता जनाउने भएका छन्।

राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् बागमती, हेटौडा उपमहानगरपालिका, जिल्ला समन्वय समिति मकवानपुर र संघसंस्थाको सहयोगमा प्रतियोगिता आयोजनामा हुने जिल्ला हक्की संघ मकवानपुरका अध्यक्ष प्रताप सिंहले जानकारी दिए।  

स्वर्गीय सहाना प्रधानको स्मृति दिवसको अवसर पारेर नेपाल हक्की संघले विगत तीन वर्षदेखि महिला राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ।

प्रतियोगिताको पहिलो संस्करण नेपाल आर्मीको महिला टोलीले जितेको थियो भने दोस्रो संस्करणको उपाधि लुम्बिनी प्रदेशले हात पारेको थियो। 

गत वर्ष माघमा सुदूरपश्चिमको महेन्द्रनगरमा भएको तेस्रो संस्करणको उपाधि विभागीय टोली नेपाल आर्मीले जितेको थियो। 

प्रतियोगिताको पहिलो संस्करण सफलतापूर्वक आयोजना गरेको मकवानपुरले पुनः प्रतियोगिता आयोजना गर्ने अवसर पाएको हो।

प्रकाशित: Dec 02, 2021| 09:19 बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।