काठमाडौं– नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यको संख्या सार्वजनिक गरेको छ। एनसी विनका संयोजक दिनेश विष्टका अनुसार क्रियाशील सदस्यको संख्या ८ लाख ४० हजार १०६ पुगेको छ। देशका सबै ६ हजार ७४३ वडाको तथ्यांक व्यवस्थित रुपमा राखेको मगरले बताए।
उनका अनुसार प्रदेश १ मा एक लाख ७४ अजार ८१३, प्रदेश २ मा एक लाख ९९९, बागमतीमा ३ एक लाख ८६ हजार ३३५, गण्डकीमा एक लाख १८ हजार १५४, लुम्बिनीमा एक लाख ३१ हजार ११७, कर्णालीमा ५३ हजार ५९६ र सुदूरपश्चिममा ७५ हजार १०१ जना क्रियाशील सदस्य छन्।