बिहीबार, भदौ ४, २०८३

राप्रपाको १९९ सदस्यीय केन्द्रीय कार्य समितिमा ६६ जना महिला

काठमाडौंमा जारी महाधिवेशनले सबै तहको नेतृत्वमा दुई कार्यकालभन्दा बस्न नपाउने व्यवस्थासहितको विधान पारित गरेको हो। यो व्यवस्थासहित एउटै व्यक्ति वर्षौंसम्म अध्यक्ष रहने परम्परा अन्त्य भएको छ।
 |  बिहीबार, मंसिर १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १६, २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने भएको छ। काठमाडौंमा जारी महाधिवेशनले सबै तहको नेतृत्वमा दुई कार्यकालभन्दा बस्न नपाउने व्यवस्थासहितको विधान पारित गरेको हो। यो व्यवस्थासहित एउटै व्यक्ति वर्षौंसम्म अध्यक्ष रहने परम्परा अन्त्य भएको छ। 

संशोधित विधानमा गाउँ, नगर, जिल्ला, प्रदेशदेखि केन्द्रसम्म अध्यक्ष बन्ने व्यक्तिले अब दुई कार्यकालभन्दा बढी बस्न पाउने छैनन्। 

राप्रपाले पार्टीको महत्त्वपूर्ण पदमा महिला निर्वाचित हुन सक्ने व्यवस्था गरेको छ। 

विधानअनुसार राप्रपाको केन्द्रीय कार्य समिति १९९ सदस्यीय हुनेछ। तिनमा महिलाको संख्या ६६ रहनेछन्। केन्द्रीय कार्यसमितिमा अध्यक्ष १, उपाध्यक्ष ६, महामन्त्री ६ र कोषाध्यक्ष १ जना हुने व्यवस्था गरिएको छ। सहमहामन्त्री ७, सहायक महामन्त्री ७ र सहकोषाध्यक्ष १ जना रहनेछन्।  अध्यक्ष, एक महिलासहित ३ उपाध्यक्ष र एक महिलासहित तीन महामन्त्री निर्वाचनबाट चुनिनेछन्। 

केन्द्रीय सदस्य ५८ जना खुला प्रतिस्पर्धाबाट निर्वाचित हुनेछन्। आदिवासी जनजाति १४, मधेसी ११, उत्पीडित ३, मुस्लिम ३, कर्णाली तथा पिछडिएका क्षेत्र २, थारू २ र प्रवासबाट २ जना छानिनेछन्। 

नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने देखिएको छ। महाधिवेशनमा ४ हजार ५ सय ६० जना प्रतिनिधि सहभागी छन्। महाधिवेशन बुधबार उद्घाटन गरिएको हो।

प्रकाशित: Dec 02, 2021| 09:33 बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...