बुधबार, भदौ ३, २०८३

ठुलो परिमाणमा तस्करीको कपडा बरामद

क्याम्पका सशस्त्र प्रहरी निरीक्षक भरत गौतमको नेतृत्वमा खटिएको टोलीले भारतबाट भन्सार छली गरेर ल्याएको दुई मोटरसाइकलसहित करिब साढे चार लाख मूल्य बराबरको कपडा बरामद गरेको प्रहरीले जनाएको छ।
 |  बिहीबार, मंसिर १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १६, २०७८

रौतहट- भारतदेखि तस्करी भएर आएको अवैध कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल सीमा सुरक्षा बेस क्याम्प सरमुजवा बङ्कुलबाट खटिएको टोलीले अवैध कपडा बरामद गरेको हो।

क्याम्पका सशस्त्र प्रहरी निरीक्षक भरत गौतमको नेतृत्वमा खटिएको टोलीले भारतबाट भन्सार छली गरेर ल्याएको दुई मोटरसाइकलसहित करिब साढे चार लाख मूल्य बराबरको कपडा बरामद गरेको प्रहरीले जनाएको छ।

बरामद गरेको कपडा क्यारिङ्ग गर्नेले ल्याएको खुलेको छ। यस क्षेत्रका कपडा व्यापारीले राजस्व छल्न क्यारिङ्ग गर्नेलाई कपडा ल्याउने जिम्मा दिने गर्दछन्। व्यापारीसँग क्यारिङ्ग गर्नेले पिसको हिसावले कपडा गन्तब्यसम्म पुर्‍याउने जिम्मा लिएपछि अवैध रूपमा उनीहरूले तस्करी गर्ने गरेको सुरक्षा स्रोतले जनाएको छ। कपडा ल्याउने क्यारिङ गर्ने तस्करले प्रहरीलाई देखेपछि मोटरसाइकल र कपडा छोडेर फरार भएको र उनीहरुको खोजतलास जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ। 

भारतको घोडासहनबाट बारा र रौतहटको विभिन्न बजारमा क्यारिङ गरेर कपडा तस्करी गर्ने ठूलो समूह रहेको बताइएको छ। बरामद भएको कपडा र मोटरसाइकललाई आवश्यक कानूनी कारबाहीका लागि गौर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी निरीक्षक गौतमले जानकारी दिए।

बारा र रौतहट जिल्लाका विभिन्न नाका हुँदै भारतबाट लत्ताकपडा, किराना, हार्डवेयरसहित प्रतिबन्धित लागूऔषधको पनि चोरी तस्करी बढेको स्थानीयवासीले बताएका छन्। नेपालबाट सुपारी, लागूऔषध गाँजालगायतका मालसामान भारततर्फ चोरी तस्करी हुने गरेको पाइएको छ। स्थानीय प्रहरीको मिलोमतोमा तस्करी हुने गरेको स्थानीयवासीको आरोप छ।  -रासस

प्रकाशित: Dec 02, 2021| 08:03 बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।