काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको छ। कोरोना संक्रमण देखिएपछि गत सोमबार बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ)अस्पताल भर्ना भएका जबरालाइ कोभिड निमोनिया देखिएको थियो।
गत आइतबार प्रधानन्यायाधीश जबराका एक जना पारिवारिक सदस्यलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका राणाले सोमबार दिउँसो स्वाब परीक्षण गराएका थिए।
त्यसको केही समयपछि पछि उनको रिपोर्ट कोभिड पोजिटिभ आएपछि उनी अस्पताल भर्ना भएका थिए। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको अस्पतालले जनाएको छ।