काठमाडौं– नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यको संख्या सार्वजनिक गरेको छ। कांग्रेसका अनुसार देशभर उसका ८ लाख ४० हजार १०६ जना क्रियाशील सदस्य छन्।
उमेर समूह अनुसार हेर्ने हो भने १६ देखि २५ वर्षका ३८ हजार ९४२ जना अर्थात ४.३७ प्रतिशत, १६ देखि ३० वर्षका १ लाख २३ हजार ४६२ जना अर्थात १३.८५ प्रतिशत, २६ देखि ४० वर्षका २ लाख ४३ हजार २८७ अर्थात २७.३ प्रतिशत, ४१ देखि ६० वर्षका ३ लाख २१ हजार १७४ जना अर्थात ३६.०४ प्रतिशत, ६१ देखि ७५ वर्षका ८१ हजार ४६२ जना अर्थात ९ प्रतिशत र ७५ वर्षभन्दा माथिका ११ हजार ६२३ जना अर्थात १.३ प्रतिशत क्रियाशील सदस्य छन्।
कुल सदस्यमध्ये पुरूष ६ लाख ४४ हजार ५६५ जना अर्थात ७२ प्रतिशत, महिला १ लाख ९५ हजार ३७२ जना अर्थात २१.९२ प्रतिशत र अन्य १६९ जना अर्थात ०.००१ प्रतिशत छन्।
कांग्रेसका क्रियाशील सदस्यमध्ये दलित ४४ हजार १७७ जना अर्थात ४.९ प्रतिशत, आदिवासी जनतजाति २ लाख ६ हजार ७३६ जना (३३.१९ प्रतिशत), मुस्लिम १६ हजार १८२ जना १.८ प्रतिशत(, थारू २७ हजार ३३८ जना (३.०७ प्रतिशत), मधेशी ८९ हजार ४३९ जना (१० प्रतिशत) छन्।
त्यसैगरी खसआर्य ३ लाख ६७ हजार २७४ जना (४१.२१ प्रतिशत), पिछडिएको वर्गबाट १४ हजार ३०६ जना (१.६ प्रतिशत), अपांगता भएका १८२ जना (०.०२ प्रतिशत), अल्पसंख्यक ६६२५ जना (०.७४ प्रतिशत) छन्।
प्रदेश १ मा एक लाख ७४ अजार ८१३, प्रदेश २ मा एक लाख ९९९, बागमतीमा ३ एक लाख ८६ हजार ३३५, गण्डकीमा एक लाख १८ हजार १५४, लुम्बिनीमा एक लाख ३१ हजार ११७, कर्णालीमा ५३ हजार ५९६ र सुदूरपश्चिममा ७५ हजार १०१ जना क्रियाशील सदस्य छन्।