प्रहरी अनुसार गएराति बा३ख ८६२७ नं. को सवारी साधनबाट निस्किने क्रममा झरेर घाइते भएका खवासलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पुर्याइएको र उपचारको क्रममा राति नै मृत्यु भएको थियो।
निर्वाचन समितिले जारी गरेको अन्तिम नामावलीका अनुसार ७२ पदकालागि १ सय ७४ जनाको उम्मेदवारी परेको हो। बिहान ८ बजेर ३० मिनेटमै अन्तिम नामावली प्रकाशन गर्ने भनिएपनि ११ बजेर ३५ मिनेटमा...
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो वार्षिक तालिका सार्वजनिक गर्न नसक्दा घरेलु प्रतियोगिताहरू लथालिंग हुने गर्दछ। अहिले यस्तै भएको छ। त्यो पनि सहिद स्मारक 'ए' डिभिजन लिग।
सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीका अनुसार मंगलबार एकैदिन छात्रा एक हजार ७२ र छात्र एक हजार ६० गरी दुई हजार एक सय ३२ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन्।
बैंंकिङ क्षेत्रमा भएको तरलता अभावको समस्या सामाधान गर्नका लागि अर्थ मन्त्रालयले बैंकिङ प्रणालीमा रहेको स्थानीय तहको बजेटको ८० प्रतिशतसम्म रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको छ।
दिनहुँ पानी भर्न गाउँदेखि टाढा पर्ने पल्लोगाउँ र खोल्सातिर धाउनुपर्ने बाध्यता रहेकोमा 'एक घर एक धारा'को अवधारणा अनुरुप घरैपिच्छे धारा निर्माण गरिएपछि स्थानीयलाई सहज भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ बस्ने २७ वर्षीय दिपक बिक, सोही ठाउँका २१ वर्षीय राजेन्द्र कामी रहेका छन्।
‘खार्पुनाथमै भेटिएका छन्। प्रहरीले उनलाई जिल्ला सदरमुकाम ल्याउदैछ’ उनले भने, ‘बालविवाह भएका कारण बेपत्ता भएको हुनसक्छ तर सदरमुकाम ल्याएपछि मात्रै सोधपुछ हुन्छ।’
जसका लागि १८० जनाको उम्मेदवारी परेको छ। दिउँसो १ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकिएको छ। मतदानका लागि भित्र प्रवेश गरिसकेका प्रतिनिधि (मतदाता)ले अवेरसम्म पनि मतदान गर्न पाउने भनिएको छ।
जिल्लाको निर्वाचन क्षेत्र नम्बर ५ बाट चार जना, निर्वाचन क्षेत्र नम्बर १ बाट दुई जना र निर्वाचन क्षेत्र नम्बर ३ बाट एक जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।