शुक्रबार, चैत ६, २०८२

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको लागि आवेदन माग

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति सिफारिस समितिको सचिवालयले उपकुलपति पदको लागि आवेदन माग गरेको छ।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

काठमाडौं– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति सिफारिस समितिको सचिवालयले उपकुलपति पदको लागि आवेदन माग गरेको छ।

National life

प्रतिष्ठानको रिक्त उपकुलपति पदमा नियुक्तिका लागि प्रतिष्ठानका कुलपति समक्ष सिफारिस गर्ने प्रयोजनका लागि उपकुलपति नियुक्ति कार्यविधी, २०७८ बमोजिम आवेदन दिन माग गरेको हो।

स्वस्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ को दफा ९ को उपदफा २ बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कार्यविधी बमोजिम योग्यता पुगेका उम्मेदवारले आवेदन दिन सकिने प्रतिष्ठानले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। 

योग्यता पुगेका इच्छुक उम्मेदवारले पुस १३ गते भित्रसम्ममा आवेदन दिन सक्ने प्रतिष्ठानले जनाएको छ। आवेदन तथा अन्य कागजात इमेल मार्फत पठाउन सकिने प्रतिष्ठानले जनाएको छ। 

प्रकाशित: Dec 22, 2021| 13:20 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्