आइतबार, फागुन १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश २ कांग्रेस निर्वाचन : ७२ पदका लागि १ सय ७४ जनाको उम्मेदवारी

प्रदेश २ कांग्रेस निर्वाचन : ७२ पदका लागि १ सय ७४ जनाको उम्मेदवारी

निर्वाचन समितिले जारी गरेको अन्तिम नामावलीका अनुसार ७२ पदकालागि १ सय ७४ जनाको उम्मेदवारी परेको हो। बिहान ८ बजेर ३० मिनेटमै अन्तिम नामावली प्रकाशन गर्ने भनिएपनि ११ बजेर ३५ मिनेटमा अन्तिम नामावली प्रकाशित भएको हो।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

जनकपुरधाम- जनकपुरमा नेपाली कांग्रेसको प्रदेश २को नयाँ नेतृत्वका लागि ७२ पदका लागि १ सय ७४ जनाको उम्मेदवारी परेको छ।

निर्वाचन समितिले जारी गरेको अन्तिम नामावलीका अनुसार ७२ पदकालागि १ सय ७४ जनाको उम्मेदवारी परेको हो। बिहान ८ बजेर ३० मिनेटमै अन्तिम नामावली प्रकाशन गर्ने भनिएपनि ११ बजेर ३५ मिनेटमा अन्तिम नामावली प्रकाशित भएको हो। 

निर्वाचनमा निधि-कोइराला समूहबाट प्रदेश २को भौतिक पूर्वाधार रामसरोज यादव र देउवा समूहबाट रौतहट जिल्ला सभापति कृष्ण यादवले उम्मेवारी दिएका हुन्। 

यस्तै दुई उपसभापतिका लागि पाँच जनाको उम्मेदवारी परेको छ। देउवा समूहबाट वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर कुमार यादव तथा निधी–कोइराला समूहबाट धनलाल ठोकर र बिनोदकुमार खनालले उपसभापतिमा उम्मेदवारी दिएका हुन्। रामाधार प्रासद यादव भने स्वतन्त्र रुपमा उपसभापतिका लागि उम्मेदवारी दिएका हुन्। 

त्यस्तै २ महामन्त्रीका लागि पनि ५ जनाको उम्मेदवारी परेको छ। निधि-कोइराला समूहबाट नरेश यादव र हरेश महतोको उम्मेदवारी परेको छ भने बृहस्पति कृष्ण श्रेष्ठ र उपेन्द्र कुमार यादव देउवा समूहबाट उम्मेदवारी दिएका हुन्। बिनोद चौधरी स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन्।

kumari

त्यस्तै २ सहमहामन्त्रीमा देउवा समूहबाट जयनारायण यादव र परशुराम चौधरीको उम्मेदवारी परेको छ। निधी–कोइराला समूहबाट सहमहामन्त्रीमा अरविन्द अमात्य र विनोद यादव उम्मेदवार छन महिलातर्फ १ सहमहामन्त्रीका लागि देउवा समुहबाट रीता यादवय उम्मेदवार छन्।

महिलातर्फ निर्मला सुवेदी निधि–कोइराला समूहबाट उम्मेदवारी दिएकी छिन्। त्यस्तै सहमहमन्त्री खुल्लाबाट २ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। 

प्रदेश सदस्य खुल्लामा १४ पदका लागि ५० जनाको उम्मेदवारी परेको हो। प्रदेश सदस्य महिला ७ पदका लागि १२ जना, प्रदेश सदस्य खुला प्रत्येक जिल्लाबाट ८ पदका लागि १५ जना, प्रदेश सदस्य प्रत्येक जिल्लाबाट महिला ८ पदका लागि ११ जना, प्रदेश सदस्य खस आर्य १ पदका लागि ४ जना, प्रदेश सदस्य आदिवासी जनजाती खुला १ पदका लागि ३, प्रदेश सदस्य मधेशी खुल्ला ७ पदका लागि १६, प्रदेश सदस्य मधेशी महिला ६ पदका लागि १२ जना, प्रदेश सदस्य दलित खुल्ला ३ पदका लागि १० जना, प्रदेश सदस्य दलित महिला  २ पदका लागि ५, प्रदेश सदस्य खुल्ला थारु १ पदका लागि २ र प्रदेश सदस्य महिला थारु १ पदका लागि २ जना, प्रदेश सदस्य मुस्लिम खुल्ला २ पदका लागि ५ जना र प्रदेश सदस्य मुस्लिम महिला १ पदका लागि ३ र प्रदेश सदस्य अल्पसंख्यक अपांग १ पदका लागि ४ जनाको उम्मेदवारी परेको हो।

प्रकाशित: Dec 22, 2021| 12:48 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।