आइतबार, असार २१, २०८३

सहज जितसँगै युभेन्ट्स पाँचौं स्थानमा उक्लियो

सिजनको सुरुआतमा खराब प्रदर्शन गरेको युभेन्ट्सले पाँचौ स्थानमा उक्लन मंगलबार कागलीयरीलाई २-० अन्तरले पराजित गरेकाे हाे।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

काठमाडौं- फेडेरिको बर्नार्डेचीले ६० खेलपछि गोल गर्दा युभेन्ट्सले इटालीयन सिरी ए मा रेलिगेशन जोनको कागलीयरीलाई पराजित गर्दै पाँचौं स्थानमा उक्लिएको छ।

सिजनको सुरुआतमा खराब प्रदर्शन गरेको युभेन्ट्सले पाँचौ स्थानमा उक्लन मंगलबार कागलीयरीलाई २-० अन्तरले पराजित गरेकाे हाे।

खेलको ४० मिनेटमा मोइस केयनले गोल गर्दै एलिएन्ज मैदानमा युभेन्ट्सलाई अग्रता दिलाए। खेल सकिँन ७ मिनेट अघि फेडेरिकोले गोल गर्दै घरेलु टोलीलाई सहज जित दिलाए।

फेडेरिकोले ५१३ दिन अघि गोल गरेका थिए। त्यस यता उनी गोलविहीन रहँदै आएका थिए।

जितसँगै युभेन्ट्स १९ खेलबाट ३४ अंक जोड्दै पाँचौस्थानमा उक्लियो। पराजित कागरियरी भने समान खेलबाट १० अंक सहित रेलिगेशन जोनको १९औँ स्थानमा छ। गय राति नै भएको खेलमा जिनोआ र एटलान्टाले गोलरहीत बराबरी खेले।


प्रकाशित: Dec 22, 2021| 09:40 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।