शुक्रबार, साउन १५, २०८३

सन्धिखर्कमा एकैदिन दुई हजार बढी बालबालिकाले लगाए कोरोनाविरुद्धको खोप

सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीका अनुसार मंगलबार एकैदिन छात्रा एक हजार ७२ र छात्र एक हजार ६० गरी दुई हजार एक सय ३२ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन्।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

अर्घाखाँची- सन्धिखर्क नगरपालिकाका दुई हजारभन्दा बढी बालबालिकाले एकैदिन कोभिडविरुद्धको खोप लगाएका छन्।

सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीका अनुसार मंगलबार एकैदिन छात्रा एक हजार ७२ र छात्र एक हजार ६० गरी दुई हजार एक सय ३२ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन्।

नगरपालिकाले स्कुल स्कुलमा पुगेर कोभिडविरुद्धको खोप सञ्चालन गरिरहेको छ। खोप अभियानमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको पराजुलीले जानकारी दिए।

प्रकाशित: Dec 22, 2021| 11:40 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्