आइतबार, फागुन १७, २०८२

प्रदेश २ मा कांग्रेसको नेतृत्व चयनका लागि मतदान हुँदै

जसका लागि १८० जनाको उम्मेदवारी परेको छ। दिउँसो १ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकिएको छ। मतदानका लागि भित्र प्रवेश गरिसकेका प्रतिनिधि (मतदाता)ले अवेरसम्म पनि मतदान गर्न पाउने भनिएको छ।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

काठमाडौं- नेपाली कांग्रेस प्रदेश २ को पहिलो अधिवेशन अन्तर्गत आज नेतृत्व चयनका लागि मतदान हुँदैछ।कांग्रेसको विधान अनुसार ८ पदाधिकारीसहित ७२ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ।

जसका लागि १८० जनाको उम्मेदवारी परेको छ। दिउँसो १ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकिएको छ। मतदानका लागि भित्र प्रवेश गरिसकेका प्रतिनिधि (मतदाता)ले अवेरसम्म पनि मतदान गर्न पाउने भनिएको छ। 

प्रदेश सभापतिमा कृष्णा प्रसाद यादव र रामसरोज यादवबीच प्रतिपर्धा हुने भएको छ।  शेरबहादुर देउवा पक्षबाट कृष्णालाई  र विमलेन्द्र निधि-शेखर कोइराला समूहबाट रामसरोजले उमेदवारी दर्ता गराएका छन्।  दुबै समूहले प्यानल बनाएर उम्मेदवारी दिएपछि कडा प्रतिस्पर्धा हुने देखिएको छ। 

यस्तै दुईजना उपसभापतिका लागि पाँच जनाको उम्मेदवारी परेको छ। देउवा समूहबाट वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर कुमार यादव तथा निधी-कोइराला समूहबाट धनलाल ठोकर र बिनोदकुमार खनालले उपसभापति पदमा उमेदवारी दिएका छन्। रामाधारप्रसाद यादव भने स्वतन्त्र रुपमा उपसभापतिको उमेदवार बनेका छन्। 

यस्तै २ महामन्त्रीका लागि पनि ५ जनाको उम्मेदवारी परेको छ। निधी-कोइराला समूहबाट नरेश यादव र हरेश महतोले उमेदवारी दिएका छन् भने देउवा पक्षबाट बृहस्पति कृष्ण श्रेष्ठ र उपेन्द्र कुमार यादव उम्मेदवार बनेका छन्। स्वतन्त्र उम्मेदवारका रुपमा बिनोद चौधरीले उमेदवारी दिएका छन्। यस्तै ३ सहमहामन्त्रीका लागि  ११ जनाले उम्मेदवारी परेको छ।

kumari

प्रकाशित: Dec 22, 2021| 09:25 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।