मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • घेर्मुबासीलाई पानी भर्न पल्लोगाउँ जाने बाध्यता हट्यो

घेर्मुबासीलाई पानी भर्न पल्लोगाउँ जाने बाध्यता हट्यो

दिनहुँ पानी भर्न गाउँदेखि टाढा पर्ने पल्लोगाउँ र खोल्सातिर धाउनुपर्ने बाध्यता रहेकोमा 'एक घर एक धारा'को अवधारणा अनुरुप घरैपिच्छे धारा निर्माण गरिएपछि स्थानीयलाई सहज भएको हो।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

लमजुङ- वर्षौंदेखि खानेपानी समस्या भोग्दै आएका मर्स्याङ्दी  गाउँपालिका-५ घेर्मु गाउँमा घरैपिच्छे धारा निर्माण गरिएपछि स्थानीयलाई निकै सहज भएको छ।

दिनहुँ पानी भर्न गाउँदेखि टाढा पर्ने पल्लोगाउँ र खोल्सातिर धाउनुपर्ने बाध्यता रहेकोमा 'एक घर एक धारा'को अवधारणा अनुरुप घरैपिच्छे धारा निर्माण गरिएपछि स्थानीयलाई सहज भएको हो।

आरसिडिसी हरियो वन कार्यक्रममार्फत् घेर्मुफाँटका ११ घर र मर्स्याङ्दी गाउँपालिका-५का ३५ गरी ४६ घरमा धारा जडान गरिएको हो। घरैपिच्छे धारा जडान गरेपछि निकै सहज भएको घेर्मुफाँटकी धनकाशी गुरुङले बताइन्। ‘पहिले पानीको धेरै दुःख थियो,' उनले भनिन्, ‘कहिले पल्लोगाउँमा त, कहिले खोलाकै पानी खानुपर्थ्यो।’

अहिले धारामा पानी आउने भएकाले दैनिक कामकाज गर्न, वस्तुभाउलाई खुवाउन र करेसाबारीमा सागपातलाई हाल्न समेत सजिलो भएको छ।

उनीमात्र होइन स्थानिय विष्णुमायाँ गुरुङले पनि वर्षौंदेखि गाउँमा पानीको समस्या भोग्दै आएकोमा अहिले सुविधा पाउँदा सिंगो गाउँबासी नै खुसी भएको बताइन्। उनले भनिन्, ‘पहिले पानी लिन अर्को टोलमा जानुपथर्थ्यो अहिले घरमै धारा छ। नाली र कुलोको समेत पानी पिउनुपर्ने बाध्यता थियो अहिले घरमै धारा रहेकाले पानीको समस्या टरेको छ।’

आरसिडिसी हरियो वन कार्यक्रम मार्फत् खानेपानीको व्यवस्था गरिएको उनको भनाइ छ। गाउँदेखि परको चप्रेकुनाबाट पानी ल्याइएको समितिका अध्यक्ष धनप्रसाद गुरुङले बताए।   -न्युज कारखाना

प्रकाशित: Dec 22, 2021| 10:50 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।