संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसारका पर्यटकको आकर्षणको केन्द्र पोखरालाई अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्ने बताएका छन्।
गृहमन्त्री बालकृष्ण खाणले सर्लाहीको ईश्वरापुर नगरपालिका–६ मा जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रमोद साहमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गरिने बताएका छन्।
हाल पहाडी भूभागमा आशिंक बदली रही अन्यत्र मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा हाल पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको महाशाखाको भनाइ छ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ६२ पैसा र बिक्री दर १२२...
तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने भएका छन्। आइतबार बिहान १० बजे चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा शिष्टाचार भेटवार्ता...
जी ७ राष्ट्रहरूले उत्तर कोरियाद्वारा बिहीबार (स्थानीय समय) मा गरिएको इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल आईसीबीएम प्रक्षेपण सहित ब्यालिस्टिक क्षेप्यास्त्रको निरन्तर परीक्षणको निन्दा गरेको अमेरिकी विदेश मन्त्रालयको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ।
अफगानिस्तानमा छात्रालाई पनि विद्यालयमा अध्ययन अध्यापनको व्यवस्था गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको छ। अफगानिस्तानको राजधानी काबुलमा झण्डै दुई दर्जन महिलाहरुले “विद्यालय खोल” भन्ने माग गर्दै शनिबार प्रदर्शन गरेका हुन्।
भारतको दिल्ली सरकारले आफ्ना नागरिकलाई 'इ हेल्थ कार्ड' वितरण गर्ने भएको छ। मुख्यमन्त्री अरविन्द केजरीवालले कार्ड वितरण गर्ने कार्यलाई तयारी अवस्थामा पुर्याउन सम्बन्धित निकायका अधिकारीलाई शुक्रबार निर्देशन दिएका छन्।