आइतबार, साउन ३१, २०८३

मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गर्दै आयोग

निर्वाचन आयोगले आइतबार मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गर्ने तयारी गरेको छ। आयोगका अनुसार करिब एक करोड ७७ लाखभन्दा बढी मतदाता छन्।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

काठमाडौं- निर्वाचन आयोगले आइतबार मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गर्ने तयारी गरेको छ। आयोगका अनुसार करिब एक करोड ७७ लाखभन्दा बढी मतदाता  छन्।

स्थानीय निर्वाचनका लागि ४७ दिन मात्र बाँकी रहँदा आयोगले मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको हो।

यसअघि मतदाता नामावलीमा दाबी विरोधका लागि फागुन १९ गतेदेखि एक साताको म्याद दिइएको थियो। सो प्रक्रिया पूरा भएको आयोगले जनाएको छ।

दाबी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेको बताइएको छ। आयोगका अनुसार अन्तिम नामावली प्रकाशन भइसकेपछि हेरफेर गर्न मिल्दैन। यस वर्ष करिब दुई लाख मतदाता थपिएका छन्।

प्रकाशित: Mar 27, 2022| 07:41 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...