आइतबार, साउन ३१, २०८३

आयोगले नियुक्त गर्‍यो ६ सय ७६ निर्वाचन अधिकृत

स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

काठमाडौं- स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ। आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हो।

जिल्ला न्यायधिस तथा नेपाल सरकारका राजपत्राङिकत द्वितीय श्रेणीका अधिकृत स्तरका ६ सय ७६ जनालाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको रुपमा नियुक्त गरिएको छ।

आगामी २९ चैतदेखि जिम्मेवारी लागू हुने गरी न्यायधीसलगायत ६ सय ७६ जनालाई नियुक्ती गरिएको आयोगले जनाएको छ।

निर्वाचन अधिकृतमा नियुक्त कर्मचारीको कार्यरत कार्यालयको ठेगना सरुवा वा अन्य कुनै कारणले फरक परेको भए हाल कार्यरत कार्यलयले नै व्योहोरा अवगत गरी खटाई पठाईदिन समेत आयोगले निर्देशन दिएको छ।

यसरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्वाचन व्यवस्थापन अभिमुखीकरण तालिमका लागि चैत ३० गते बिराटनगर, धुलिखेल, पोखरा, नेपालगञ्ज तथा २ वैशाखमा जनकपुर, हेटौडा, वुटवल र धनगढीमा तालिमको कार्यक्रमसमेत तय गरिएको छ।

यसैबीच निर्वाचन आयोगले आइतबार मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गर्ने तयारी गरेको छ। आयोगका अनुसार करिब एक करोड ७७ लाखभन्दा बढी मतदाता  छन्।

स्थानीय निर्वाचनका लागि ४७ दिन मात्र बाँकी रहँदा आयोगले मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको हो।

यसअघि मतदाता नामावलीमा दाबी विरोधका लागि फागुन १९ गतेदेखि एक साताको म्याद दिइएको थियो। सो प्रक्रिया पूरा भएको आयोगले जनाएको छ।

दाबी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेको बताइएको छ। आयोगका अनुसार अन्तिम नामावली प्रकाशन भइसकेपछि हेरफेर गर्न मिल्दैन। यस वर्ष करिब दुई लाख मतदाता थपिएका छन्।

प्रकाशित: Mar 27, 2022| 08:35 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...