शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • काबुलमा छात्राका लागि विद्यालय खुला गर्न माग गर्दै प्रदर्शन

काबुलमा छात्राका लागि विद्यालय खुला गर्न माग गर्दै प्रदर्शन

अफगानिस्तानमा छात्रालाई पनि विद्यालयमा अध्ययन अध्यापनको व्यवस्था गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको छ। अफगानिस्तानको राजधानी काबुलमा झण्डै दुई दर्जन महिलाहरुले “विद्यालय खोल” भन्ने माग गर्दै शनिबार प्रदर्शन गरेका हुन्।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

काबुल- अफगानिस्तानमा छात्रालाई पनि विद्यालयमा अध्ययन अध्यापनको व्यवस्था गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको छ। अफगानिस्तानको राजधानी काबुलमा झण्डै दुई दर्जन महिलाहरुले “विद्यालय खोल” भन्ने माग गर्दै शनिबार प्रदर्शन गरेका हुन्।  

National life

विद्यालयमा पढ्न, पढाउन पाउनु आफूहरूको आधारभूत अधिकार भएकाले विद्यालय जान पाउने व्यवस्था गर्नुपर्ने प्रदर्शनकारी महिलाहरूको माग छ।

अफगानिस्तानमा तत्कालीन तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि महिलाहरूलाई अध्ययन अध्यापन तथा रोजगारीलगायतका कार्यमा सहभागी हुन नपाउने घोषणा गरेको थियो।

सरकारको सो घोषणाप्रति विश्वभरबाट आलोचना भएको थियो भने महिलालाई अध्ययन अध्यापन र रोजगारीमा बञ्चित गर्ने निर्णय सच्याउन दवाव परेको थियो। तर तालिवानी उच्च अधिकारीहरूले भने त्यतिबेला देखि नै केही समयका लागि मात्रै यस्तो व्यवस्था गरिएको र चाडै नै महिलाहरूलाई पनि अध्ययन अध्यापन गर्न दिइने प्रतिवद्धता जनाउँदै आएका थिए। 

प्रतिबद्धता अनुसार तालिवान सरकारले गत हप्तादेखि छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो। तर विद्यालय खुला हुनुभन्दा केही घण्टा अगाडि सरकारले निर्णय उल्ट्याउदै अहिलेसम्म पनि छात्रालाई विद्यालय जान नपाइने व्यवस्था कायमै राखेको छ।

Laxmi sunrise bank
kumari

यही २३ मार्च देखि छात्रालाई विद्यालय जान दिने निर्णयबाट खुशी भएका महिला तथा अधिकारवादी सबै अहिले फेरि निराश भएका छन्। तालिवानी अधिकारीहरूको तत्कालीन प्रतिवद्धताका आधारमा कतिपय मुलुक अफगानिस्तान प्रति नरम पनि बन्दै गएका थिए। तर अहिले विद्यालयमा छात्रालाई जान दिने निर्णय कार्यान्वयन नगरेपछि भने विश्वभरबाट चिन्ता र चासो व्यक्त भएको छ।  

विद्यालय जान पाउनु आफूहरूको आधारभूत मानवअधिकार भएकाले यसलाई राजनीतिक रुपमा लिन नहुने प्रदर्शनकारीहरूको भनाई छ।

हामीलाई विद्यालय जान दे, हामीलाई न्याय दे जस्ता माग राख्दै प्रदर्शनकारीहरूले काबुलमा परेको प्रदर्शनलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले निकै महत्व दिएका छन्। उनीहरूको आन्दोलनप्रति अधिकारवादी संघ संस्था तथा निकायहरूले पनि ऐक्यबद्धता जनाएका छन्।

प्रकाशित: Mar 27, 2022| 05:00 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।