शुक्रबार, फागुन २२, २०८२

भारतको दिल्ली सरकारले 'इ हेल्थ कार्ड' वितरण गर्ने

भारतको दिल्ली सरकारले आफ्ना नागरिकलाई 'इ हेल्थ कार्ड' वितरण गर्ने भएको छ। मुख्यमन्त्री अरविन्द केजरीवालले कार्ड वितरण गर्ने कार्यलाई तयारी अवस्थामा पुर्‍याउन सम्बन्धित निकायका अधिकारीलाई शुक्रबार निर्देशन दिएका छन्।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

काठमाडौं- भारतको दिल्ली सरकारले आफ्ना नागरिकलाई 'इ हेल्थ कार्ड' वितरण गर्ने भएको छ। मुख्यमन्त्री अरविन्द केजरीवालले कार्ड वितरण गर्ने कार्यलाई तयारी अवस्थामा पुर्‍याउन सम्बन्धित निकायका अधिकारीलाई शुक्रबार निर्देशन दिएका छन्।

National life

भारतमा अर्को वर्ष सन् २०२३को मार्चदेखि स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागूगर्ने तयारी भएकाले त्यस अगाडि नै सबैलाई 'इ हेल्थ कार्ड' वितरण गरिसक्नु पर्ने भएको हो।  

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू हुनुभन्दा कम्तीमा पनि तीन महिना अगाडि सम्ममा इ हेल्थ कार्ड सबैलाई वितरण भइसक्नु पर्ने अधिकारीले जनाएका छन्।

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू गराउनका लागि भइरहेको तयारीका बारेमा जानकारी लिन र समीक्षा गर्न शुक्रबार बसेको सरोकारवालाको बैठकमा मुख्यमन्त्री केजरीवालले 'इ हेल्थ कार्ड' वितरण सुरु गर्नुपर्नेमा जोड दिएका थिए। 

नागरिकलाई वितरण गरिने इ हेल्थ कार्ड क्युआर कोडमा आधारित हुने र त्यसबाट नागरिकका स्वास्थ्यसम्बन्धी सम्पूर्ण विवरण प्राप्त गर्न सकिने अधिकारीले जनाएका छन्।

Laxmi sunrise bank
kumari

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू गरेपछि स्वास्थ्य सेवा प्रदान गर्ने र लिने दुवै पक्षलाई सजिलो र छिटो हुने, धेरै झन्झट कटौती हुने सरकारी अधिकारीको दाबी छ।  

प्रकाशित: Mar 27, 2022| 04:30 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।