काठमाडौं- ललितपुरको सानेपामा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरी जवानको ज्यान गएको छ। दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्।
गएराति सवा १ बजे बा८३प ८९८५ नम्बरको मोटरसाइकल पल्टिँदा प्रहरी वृत्त चापागाउँमा कार्यरत प्रहरी जवान नवीन न्यौपानेको ज्यान गएको हो। उनको उपचारका क्रममा स्टार अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ0।
यस्तै, गम्भीर घाइते भएका तनहुँको आँबुखैरेनी घर भइ प्रहरी वृत्त सातदोबोटोमा कार्यरत प्रहरी जवान सुमनकुमार सिंहको स्टार अस्पतालमा नै उपचार भइरहेको छ।