आइतबार, साउन ३१, २०८३

नागरिकलाई नागरिकता दिनु सरकारको दायित्व : अध्यक्ष यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकलाई नागरिकता दिनु सरकारको दायित्व भएको बताएका छन्।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

चन्द्रौटा- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकलाई नागरिकता दिनु सरकारको दायित्व भएको बताएका छन्।

कपिलवस्तुको कृष्णनगरमा आज आयोजित पार्टीको भेला तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले मधेसका कतिपय नागरिक अझै पनि नागरिकताबाट वञ्चित रहेको उल्लेख गरे। तराईमा जनसङ्ख्या धेरै भए पनि कुनै पनि निकायमा यहाँका नागरिकको प्रतिनिधित्व कम रहेको उनको भनाइ थियो। 

शिक्षा, आर्थिक र जातीय हिसाबले पछाडि परेका नागरिकलाई सरकारले लगानी गरी माथि उकास्नुपर्ने अध्यक्ष यादवले बताए। 

जसपाको अनुशासन आयोगका संयोजक नरसिंह चौधरी, लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सहसराम यादव, प्रदेश अध्यक्ष अशोक यादवलगायतले पार्टीलाई आगामी निर्वाचनमा विजयी गराउन आग्रह गरे।

प्रकाशित: Mar 27, 2022| 06:23 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...