धनगढी- कञ्चनपुरमा एक युवक मृत फेला परेका छन्। प्रहरीका अनुसार डडेल्धुराको परशुराम नगरपालिका-९ घर भएका २५ वर्षीय राजु धामी मृत फेला परेका हुन्।
वेदकोट नगरपालिका-३ दैजी चौराहास्थित लोकेन्द्रसिंह रोकायाको घरमा भाडामा बस्दै आएका उनी पङ्खामा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
उनी दैजीमा काका क्याफे एण्ड होटेल लज सञ्चालन गर्दै आएका थिए। उनको मृत्यु बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।