काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको प्रथम बैठक आज बस्ने भएको छ। बैठक अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्यूमा बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए।
बैठकले चुनावलक्षित ठोस कार्ययोजना तय गर्ने छ। बैठकमा हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर पार्टी पंक्तिलाई निर्वाचनमा परिचालन गरिने उनले बताए।
स्थायी कमिटीमा पदाधिकारीसहित ४५ जना सदस्य छन्। यस्तै चारजना पदेन सदस्य छन्।